प्रदेश २ सभासद सुमनले गरे एक सय आठ छात्रालाई साइकल वितरण

8 September, 2019 00:53 |प्रदेश , प्रदेश २ | comments | 10350 Views

    प्रदेश नं. २ को ‘बेटी बचाउ बेटी पढाऔँ’ अभियानअन्तर्गत सप्तरी सदरमुकाम राजविराजमै रहेको केशो अनरुद्धवती माविमा अध्ययनरत् करीब ५२ जना छात्रालाई शनिबार यहाँ आयोजित एक कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य मनिषकुमार सुमनले साइकल वितरण गर्नुभयो ।

    कार्यक्रममा प्रदेशसभा सदस्य सुमनले साइकल खरीद गर्न असमर्थ विपन्न छात्रालाई पढाइमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँदै यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्रालाई आग्रह गर्नुभयो ।

    adsads

    छोराछोरीमा भेद्भाव गर्न तथा सामाजिक विकृति अन्त्य गर्न पनि समाजमा छोरीलाई शिक्षित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले हरेक बालबालिकालाई शिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गर्नुभयो ।

    प्रदेशसभा सदस्य सुमनले शैक्षिक रूपमा पछाडि परेका महिलाका लागि मुख्यमन्त्रीले ल्याएका जनप्रिय योजना छोरी शिक्षा बीमा जस्ता योजनाले छोरी सशक्तिकरणमा मद्दत पुर्याउने बताउनुभयो ।

    यस्तै महादेवा गाउँपालिकाको नरबहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरीमा अध्ययनरत ५६ जना दलित छात्रालाई समेत साइकल वितरण गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य सुमनले कक्षा ८ मा अध्ययन गर्ने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गर्नुभएको हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!