प्रदेश ३ प्रदेश ३

  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३

प्रदेश ३ को स्थायी राजधानी र नामको टुङ्गो चाँडै

22 June, 2019 10:50 | प्रदेश , प्रदेश ३ | comments | 14250 Views

प्रदेश ३

प्रदेश नं ३ प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७६-७७ को राजश्व र व्ययको अनुमान शीर्षकमा छलफल जारी रह्यो । छलफलमा नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी आवभित्रै लगाउन प्रक्रिया शुरु भइसकेको बताउनुभयो ।

adsads

उहाँले सरकारको सीमित स्रोतसाधनको सीमाभित्र रहेर प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना, भौतिक पूर्वाधार, विकास र स्वरोजगार कार्यक्रमलाई स्थानीय तहगत रूपमा कार्यान्वयन गर्न सरकारले प्रत्येक महीना योजनाको कार्यसूची तयार पारी सम्बन्धित निकायलाई कार्यान्वयन गर्न निर्देशिका पठाइने स्पष्ट पार्नुभयो । मुख्य सचेतक फुँयालले बजेटले प्रदेश ३ भित्र १३ जिल्लालाई जोड्ने पुष्पलाल चक्रपथ मार्ग तथा मकवानपुरको भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जोड्ने सुरुङ्मार्ग निर्माणका लागि उच्च प्राथमिकतामा राखी बजेट बाँडफाँट गरिएको बताउनुभयो ।

“पक्ष–विपक्ष कुनै विभेद नगरी प्रदेशसभाका सदस्यहरूले सिफारिस गर्नुभएका विभिन्न योजनालाई निष्पक्ष ढङ्गबाट ६६ निर्वाचन क्षेत्रमा समावेश गरिएको छ”, उहाँले भन्नुभयो । उहाँले प्रदेशमा खानेपानी, शिक्षा र प्रदेशको १३ जिल्लामा इन्धनबाट चल्ने सवारीसाधनलाई क्रमशः विस्थापित गरी आगामी २०८५ वैशाख मसान्तसम्ममा विद्युतीय सेवाबाट सञ्चालन गरिने यातायात सेवालाई उच्च प्राथमिकतामा राखी बजेटलाई रकमान्तर गरिएको उल्लेख गर्नुभयो ।

प्रदेशसभामा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता न्हुच्छेनारायण श्रेष्ठले सरकारले बजेट विनियोजन गर्दा प्रतिपक्षी दलको भावनालाई उपेक्षा गरिएको, समानुपातिक, राष्ट्रिय गौरवको आयोजना, भौतिक पूर्वाधार र खानेपानी निर्माण गरी उपलब्ध गराउन बजेटले दृढतापूर्वक कार्यान्वयन पक्षलाई सवल पार्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

बैठकमा राप्रपा संयुक्तकी रीना गुरुङ र साझा विवेकशील पार्टीकी शोभा शाक्यले सरकारले प्रस्तुत गरेको बजेटले दीर्घकालसम्म योजनालाई तल्लो तहसम्म कार्यान्वयन गर्ने पक्षमा ठोस आधार नदेखिएको बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्यहरू प्रभात तामाङ, बसन्त मानन्धर, भावना सुवेदी, शेषजङ्ग थापा, सीता अधिकारी, घनश्याम दाहाल, राजकाजी महर्जन, प्रेमबहादुर पुलामी, कल्पना नेपाली, विनोद खड्का, बुद्धिमान माझी, मुनु सिग्देल, दिपेन्द्र श्रेष्ठ, विजय सुवेदी, रत्नप्रसाद ढकाल, सन्तबहादुर प्रजा, लक्ष्मण लम्साल, विवीमाया घले, माधवप्रसाद पौडेल, आङदव्य लामा, ओमबहादुर घलान, पुकार महर्जन, सीता लामा, प्रकाश श्रेष्ठ, प्रदीप कटुवाल, दीपक निरौलालगायतले सरकारको नीति कार्यक्रम तथा बजेटमा प्रस्तुत भएका एजेण्डालाई व्यवहारिक, जनमुखी र उत्पादनमुखी बनाउन सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा उपसभामुख राधिका तामाङले अर्को बैठक असार ८ गते दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।

प्रदेश ३ को नाम गौरीशङ्कर राख्नुपर्ने बहस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश ३

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बिपी कोइराला

फेसबुक

बिपी कोइराला

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!