प्रदेश नं ५प्रदेश नं ५

  • प्रदेश नं ५
  • प्रदेश नं ५
  • प्रदेश नं ५
  • प्रदेश नं ५
  • प्रदेश नं ५
  • प्रदेश नं ५

प्रदेश ५ द्वारा दुई आर्थिक विधेयक पारित

24 June, 2019 11:00 |प्रदेश , प्रदेश ५ | comments | 20250 Views

    प्रदेश नं ५

    प्रदेश नं ५ को प्रदेशसभाले आइतबार दुई आर्थिक विधेयक पारित गरेको छ । प्रदेश नं ५, प्रदेश आर्थिक विधेयक र प्रदेश विनियोजन विधेयक २०७६ सभामुख पूर्णबहादुर घर्र्तीले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

    adsads

    यसअघि दुवै विधेयक मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । त्यसअघि प्रदेशसभामा प्रस्तुत गरिएको विनियोजन विधेयक, २०७६ माथिको मन्त्रालयगत छलफल भएको थियो । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य कमलराज श्रेष्ठले साधन स्रोतको सीमा भएकाले आकांक्षा र अपेक्षा बढी भएको बताउनुभयो ।

    प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कृषि जोनका लागि सडकको पहुँच बढाउन आग्रह गर्नुभयो । उहाँले दानब नदीलाई एकीकृत धारमा लगे त्यसबाट जलाधारको संरक्षण हुने बताउनुभयो ।प्रदेशसभा सदस्य विष्णु पन्थिले प्रतिफल पाउने गरी लगानी गर्न अनुरोध गर्दै बजेटको कार्यान्वयनलाई नयाँ ढाँचामा लैजान सुझाव दिनुभयो । प्रदेशसभा सदस्य तिलकराम शर्माले साधन र स्रोतको समानुपातिक वितरणमा जोड दिँदै टुक्रे योजनाको मानसिकता केन्द्रित भई योजना आएको टिप्पणी गर्नुभयो ।

    प्रदेशसभा सदस्य तुल्सी चौधरीले शिक्षाका क्षेत्रमा बजेट बनाउँदा सरकार चुकेको बताउनुभयो । प्रदेशसभा सदस्य बैजनाथ कलवार, पुष्पा थरुनी, रामकली चौधरी, बाबुराम गौतम, आशा स्वर्णकार, दीपा विक, दिनेश पन्थी, भगवतीदेवी भण्डारी, दिपेश थारु, रमा अर्याल, तारा जिसी, इन्द्रजीत थारु, सन्तोषकुमार पाण्डेयलगायतले बजेटको आलोचना गर्नुभएको थियो ।

    प्रदेशसभामा उठेका विषयको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले कृषितर्फ मिसन कार्यक्रम अघि बढाउन खोजिएको जानकारी दिँदै समृद्धि र विकाससँग जोडिएर बजेट वितरण गर्न खोजिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रकोे सहकार्यमा स्रोत केन्द्र स्थापना हुने छ, यसले रोजगारदाता र श्रमिकलाई जोड्ने छ ।” भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सडक र पुलमा पर्याप्त बजेट विनियोजन गरिएको उल्लेख गर्दै सडक र पुलका लागि मात्रै रु आठ अर्ब आठ करोड २३ लाख ५० हजार विनियोजन भएको बताउनुभयो ।

    सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालको सेवा प्रवाहलाई गुणस्तरीय बनाइने उल्लेख गर्दै महिलाको शिक्षामा पहुँच बढाउन विशेष कार्यक्रम सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।

    प्रदेश ५ ले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रदेश नं ५

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रम कार्यालय

    फेसबुक

    प्रम कार्यालय

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!