गाडी खरीद गाडी खरीद

  • गाडी खरीद
  • गाडी खरीद
  • गाडी खरीद
  • गाडी खरीद
  • गाडी खरीद
  • गाडी खरीद

प्रदेश ५ मा भएको गाडी खरीद प्रक्रियामा मितव्ययिता नगरिएको निष्कर्ष

9 February, 2019 10:00 | प्रदेश , प्रदेश ५ | comments | 25350 Views

गाडी खरीद

प्रदेश ५ मा भएको गाडी खरीद प्रक्रियामा आर्थिक मितव्ययितालाई ध्यान नदिइएको प्रदेशसभा सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ । लेखा समितिको शुक्रबार बसेको बैठकले गाडी खरीद प्रक्रिया कानूनबमोजिम नै भए पनि बिक्रेताले बोलपत्रमा अत्यधिक मुनाफा राखेको ठहर गरेको छ ।

adsads

गाडी खरीद प्रक्रियामा बिक्रेताले कबोल गरेको बढी मूल्य फिर्ता गरी प्रदेशसभाको सञ्चितकोषमा जम्मा गर्न पनि समितिले निर्देशन दिएको छ ।
समितिले करीब रु ५७ लाख कोषमा जम्मा गर्नुपर्ने ठहर गरेको समितिका सभापति डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो । सार्वजनिक खरीद ऐनमा भएको त्रुटिको फाइदा उठाउँदै बिक्रेताले उपभोक्ता मूल्य ६८ लाख ५५ हजार रहेको टाटा स्ट्रोम गाडीको मूल्य बोलपत्रमार्फत ७२ लाख राखेको भन्दै ऐनमा भएका त्रुटि सच्याउनसमेत माग गरेको छ । समितिले गाडी खरीदकर्तालाई मितव्ययिता अपनाउनसमेत निर्देशन दिएको छ ।

प्रदेश ५ को संसद सचिवालयले ११ र विभिन्न मन्त्रालयले चार वटा गाडी खरीद गर्दा अनियमितता भएको आशङ्का गर्दै सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन गरेको थियो । समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा गठित उपसमितिले करीब १ महीना अध्ययन गरी प्रतिवेदन तयार गरेको हो । तयार भएको प्रतिवेदन आगामी माघ २९ गते प्रदेशसभालाई बुझाउने निर्णय भएको समितिका सभापति चौधरीले बताउनुभयो ।

राष्ट्रपतिको सुरक्षाका लागि गाडी किन्न १८ करोड निकासा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गाडी खरीद

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

फेसबुक

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!