प्रधानमन्त्रीको चिन्तन र कार्यशैलीमा नै समस्या देखियो : नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चिन्तन र कार्यशैलीमै समस्या देखिएको बताउँदै सो समस्या र चिन्तनका कारण प्रतिनिधिसभा विघटन गरेर सरकारले संविधानको अक्षर, भावना र मर्मविपरीतको काम गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभा विघटनका विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले आयोजना गरेको कार्यक्रममा उहाँले प्रतिगामी तत्व सडकमा सल्बलाइरहेका बेला सरकारले जनप्रतिनिधिमूलक संस्था विघटन गरेर देशलाई थप सङ्कटमा धकेलेको आरोप लगाउनुभयो ।


संविधानमा बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नरहेको विचार गर्दै उहाँले प्रतिनिधिसभाले प्रधानमन्त्री चुन्न नसके वा प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा मात्र त्यस्तो व्यक्तिले संसद् विघटन गर्न सक्ने जिकिर गर्नुभयो ।
संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको र दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले संविधानमा हुँदै नभएको धारा उल्लेख गरी अन्तरराष्ट्रिय अभ्यासलगायत कुरा राखेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्रीले लोकतान्त्रिक परिपाटीलाई नै लत्याएर अघि बढ्न खोजेको आरोप लगाउँदै उहाँले जथाभावी नियुक्ति गर्नेदेखि लिएर गलत काम गर्दै हिँडेको आरोप पनि लगाउनुभयो । “हामीले पार्टीमा विधि, पद्धतिका बारेमा छलफल गरौँ भन्यौँ । नीतिगत राष्ट्रिय सरोकारका विषयमा जनसरोकारका विषयमा छलफल गरौँ, पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न बारम्बार प्रयत्न ग¥यौँ तर सफल भएनौँ, हामीले उहाँको हरेक कदममा साथ नदिनु नै हाम्रो अपराध हो र रु समस्या उहाँको चिन्तन र कार्यशैलीमा नै देखिएको हो”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई सर्वोच्च अदालतले खारेज गर्ने र प्रतिनिधिसभा सञ्चालन हुनेमा कुनै द्विविधा नरहेको विश्वास व्यक्त गर्नुभयो । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई भए पनि संविधानमा जटिलता देखिए मात्र अदालतले व्याख्या गर्नसक्ने उहाँले बताउनुभयो । “संविधानमा कुनै जटिलता नभएपछि व्याख्या गर्न जरुरी छैन, धारा ७६ ले स्पष्टसँग भनेको छ, बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैन, यस्तो अवस्थामा सर्वोच्च अदालतले संविधानको व्याख्या गर्नुपर्ने आधार छैन”, पार्टी प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभा विघटन मुद्दाको बहसमा ‘टाइम कार्ड लागू’
- नेपालको आन्तरिक मामिलामा बाह्यशक्तिले चासो राख्न थालेकामा चिन्ता व्यक्त
- यातायात व्यवसायीसंग घुस लिंदै गर्दा तीनजना प्रहरी पक्राउ
- होस पुर्याउनुस् जाडो भगाउन आगो बालेर सुत्दा ज्यानै जाला
- काठमाडौं महानगरपालिका किन खोज्दैछ कमलपोखरीको पौराणिकता मेटाउन ?
- राष्ट्रपति ट्रम्पका चार वर्ष- निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- भारतले नेपाललाई दियो १० लाख खोप, बिहिबारबाट आउन थाल्ने (भिडियोसहित)
- बालिकाको वृद्धसंग हुन लागेको विवाह प्रहरी सक्रियताले रोकियो
- नेपाली सेना पेन्सनमा नयाँ प्रस्ताव- १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड
- १३ वर्षदेखि जंगलमा सामूहिक रुपमा बस्दै बाढी पीडित
- नेपालमा कोरोनाको खोप पठाउन भारतले थाल्यो प्रक्रिया
- काठमाडौंको धरातलले गगनचुम्बी भवन थेप्न सक्छ ? (भिडियोसहित)
- संसद विघटन- प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नभएको जिकिर
- कोभिडले थलापरेको अर्थतन्त्र उकास्न रु साढे छ खर्ब लाग्ने
- जापानमा सवारी दूर्घटनामा परी एक नेपाली युवतीको मृत्यु
- पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


