प्रधानमन्त्रीको प्रश्न- विप्लवमाथिको प्रतिबन्ध फिर्ता बम पड्काउन छुट दिन हो ?

30 April, 2019 19:10 | राजनीति | comments | 18150 Views

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक दलहरुले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउनुपर्ने माग गरिरहेका बेला प्रतिबन्ध हटाएर बम पड्काउन छुट दिने हो भन्ने प्रश्न गर्नुभएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका दलहरुले वार्ता र सम्वादबाट समाधान खोज्न प्रतिबन्ध हटाउनुपर्ने माग गरिरहे पनि प्रधानमन्त्री ओलीले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रष्ट पार्नुभएको छ ।

adsads

मंगलबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन दिइदैन, कतिपयले फिर्ता लिनुपर्छ भनिरहेका छन् । बम पड्काउन पाइन्न भन्ने पनि फिर्ता लिने ? यो हुँदैन ।’

सरकारले विप्लव समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहमा संलग्न भएको आरोपमा थुप्रै नेता कार्यकर्ता पक्राउ परे पनि केही भने छुटेका छन् ।

विप्लवमाथिको प्रतिबन्धले देशलाई नयाँ द्वन्द्वमा लैजाने खतरा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!