प्रधानमन्त्री आबेले मे को अन्तिममा म्यानमारको भ्रमण गर्ने

26 April, 2013 11:41 | जापान | comments | 37050 Views

जापानी प्रधानमन्त्री शिन्जो आबेले मे को अन्तमा म्यानमारको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ । म्यानमारका राष्ट्रपति थेइन शेनसँग आर्थिक बिकास तथा लोकतान्त्रिकरणका बिषयमा छलफल गर्न प्रधानमन्त्री म्यानमार पुग्ने श्रोतले जनाएको छ ।

 

 

  

जापानी प्रधानमन्त्रीले म्यानमारको भ्रमण गर्न लागेको यो ३६ बर्षमा पहिलो पटक हो । यस अघि सन १९७७ मा तत्कालिन प्रधानमन्त्री ताकेओ फुकुदाले म्यानमारको भ्रमण गरे यता कुनैपनि जापानी प्रधानमन्त्रीले म्यानमारको औपचारिक भ्रमण गरेका छैनन ।

 

 

हालै मात्र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले जापानको भ्रमण सम्पन्न गरेर फर्केकी थिइन । उनले भ्रमणका क्रममा जापानलाई म्यानमारमा लगानी गर्न समेत आग्रह गरेकी थिइन । प्रधानमन्त्री आबेको भ्रमणले दुइ देशको सम्वन्ध प्रगाढ हुनुका साथै म्यानमारमा अवसरको पनि बिस्तार हुने अनुमान गरिएको छ ।-(एजेन्सी)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More