प्रधानमन्त्री एकदिवसीय क्रिकेट : उद्घाटन खेलमा आर्मी विजयी

24 May, 2019 21:51 | खेल | comments | 15750 Views

तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बले प्रदेश नं २ लाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा आज सम्पन्न खेलमा आर्मीले प्रदेश नं २ लाई १७१ रनले पराजित गरेको हो ।

adsads
टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २७८ रन बनायो ।

२७९ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश नं २ ले ३१ दशमलव ४ ओभरमा सबै विकेट गुमाई एक सय ७ रन मात्र बनायो । प्रदेश नं २ का लागि हरिशङ्कर साहले सर्वाधिक २१ रन बनाए । सम्साद शेखले १६, सुधीर चौधरीले १५, राशिद खानले १४ र सुरज पटेलले ११ रन बनाए । बलिङ्तर्फ आर्मीका शाहब आलमले चार विकेट लिए । सुशन भारीले तीन, जीतेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए ।

यसअघि आर्मीको ब्याटिङ शुरुआत राम्रो रह्यो । प्रारम्भिक ब्याट्सम्यान राजु रिजाल र कप्तान विनोद भण्डारीले एक सय २१ रनको साझेदारी निभाए । रिजालले दुई छक्का र चार चौकाको मद्दतमा ९० रन जोडे । भण्डारीले नौ चौकासहित ६६ रनको योगदान दिए ।

यस्तै रोहित पौडेलले ४७, हरिबहादुर चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रन बनाए । बलिङतर्फ प्रदेश २ का हरिशङ्कर साहले तीन तथा राशिद खान, विवेक यादव र विशाल सुसलिङले एक÷एक विकेट लिए । प्लेयर अफ द म्याच आर्मीका राजु रिजाल भए ।

प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेशका टोलीको सहभागिता छ । समूह ‘ए’ मा एपिएफ क्लब, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । प्रतियोगिताको विजेताले रु २० लाख तथा उप–विजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!