प्रधानमन्त्री ओलीको उपचार अमेरिकामा हुने- आवश्यक तयारी हुँदै

13 November, 2019 12:23 | राजनीति | comments | 25500 Views

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले राम्रोसंग काम नगरेपछि उहाँको थप उपचार अमेरिकामा गर्ने तयारी भरहेको छ । चिकित्सकहरुले उहाँलाई कि डायलायसिस कि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएपछि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा। दिव्यसिंह शाह आवश्यक कागजातसहित अमेरिका पुगेर परामर्शमा जुटेको समाचार छ ।

जनआस्था साप्ताहिकका अनुसार यसका लागि प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागे पनि दुवैको उद्देश्य प्रमको स्वास्थ्यबारे परामर्श गर्नु नै भएको बालुवाटार स्रोतले जनाएको छ ।

  

सिंगापुरमा मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुनी कानुनी जटिलता रहेका कारण त्यहाँको विकल्प अब टरेको बताइन्छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि कि बैंकक कि दिल्ली नै जानुपर्ने अवस्था छ । अगष्ट ३१ तारिखमा नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले ‘हजुरको उपचार पहिला भारतमा भएको, स्वाथ्यसम्बन्धी विवरण पनि उतै भएका कारण सबै व्यवस्था मिलाउँछौं’ भनी आफ्ना प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।

अघिल्लो महिना नेपाल आएका राष्ट्रपति सि चिनफिङले पनि यसबारे चासो राख्दै चीनमै उपचारका लागि निम्ति स्वागत गर्न तयार रहेको बताएको स्रोतको दावी छ । तर, सबै कुराको विचार गर्दा अमेरिका नै सर्वोत्कृष्ट विकल्प हुने ठानिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More