प्रधानमन्त्री ओलीको कथन- “लुटको छुट कसैलाई छैन”

21 February, 2020 00:44 | राजनीति | comments | 38100 Views

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सक्युरिटी प्रेस खरीदका विषयमा नेपाली एजेन्टसंगको टेलिफोन संवाद बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक लुट्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

कमिशनको मोलतोल गरेका बाँस्कोटाले पदबाट राजीनामा दिएकै बेला प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताउनुभएको हो ।

  

सुशासनका लागि चाल्ने कदममा आफू नहिच्किचाउने बताउँदै उहाँले जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटका लागि नभएको स्पष्ट पादैजनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटिङ फ्यासिलिटी दिएको होइन भन्नुभयो ।

प्रधानमन्त्री ओलीले यही चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भन्नुभयो मलाई त्यसको चिन्ता छैन । प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन, एउटा सिस्टम बसाउने हो । हजार वर्ष कसैले पनि रुल गर्दैन । जतिसुकै सफल भए पनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन । लामो समय शासन गर्न खोज्दा परिणाम पनि राम्रो हुँदैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More