प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस

16 November, 2019 22:30 |राजनीति | comments | 6000 Views

    मिर्गौला समस्याबाट गुज्रिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार काठमाडौंको ग्राण्डी अस्पतालमा डायलाइसिस गरिएको छ । यसअघि दुईपटक डायलाइसिस गर्नुभएका प्रधानमन्त्री ओलीको थप उपचारका विषयमा अहिले चिकित्सकहरु परामर्शमा व्यस्त रहेका छन् ।

    adsads

    शनिबार धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गरेर उहाँ अपराहृन बालुवाटार फर्किनुभएको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उहाँको अवस्था अहिले राम्रो रहेको उल्लेख छ ।

    नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित औषधि खाइरहनुभएका उहाँको स्वास्थ्यमा पछिल्लो केही महिनायता समस्या देखिएको छ । साउन र भदौमा सिंगापुर गएर उपचार गराए । सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

    मिर्गौलामा राम्रोसँग काम नगरेपछि १३ कात्तिकमा पहिलो पटक डायलासिस गरिएको थियो । लगतै भोलिपल्ट दोस्रो डायलासिस ग्राण्डीमा नै गरिएको थियो । प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौले पूर्णरुपमा काम नगरेपछि समस्या उत्पन्न भएकाले चिकित्सकहरुले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपणको सुझाव दिएका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More