प्रधानमन्त्री ओलीसँग क्रिकेटका भगवान तेन्दुलकरको भेट

17 November, 2019 18:08 | खेल | comments | 8100 Views

विश्व क्रिकेटमा भगवानका नामले सम्बोधन गरिने भारतका पूर्व खेलाडी सचिन तेन्दुलकरले आइतबार प्रधानमन्त्री केपी ओलीसँग भेट गनुृभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसंग तेन्दुलकरले भेट गर्नुभएको हो ।

adsads

युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर शुक्रबार नेपाल आएका तेन्दुलकरले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए भने आइतबार विहान पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्द्धनमा नेपाल सरकारले गरेको प्रयासको सह्राहना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धी अभिसन्धि पारित भएको ३० औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन युनिसेफ नेपालले सचिनलाई काठमाडौं ल्याएको हो।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More