प्रधानमन्त्री ओली अनुस्थित बैठकमा प्रचण्डको तर्क- सीमाका विषयमा अहिले नै अहिले नै अन्तर्राष्ट्रियकरण गरे झन समस्या बढ्छ

11 November, 2019 17:34 |राजनीति | comments | 6750 Views

    पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतको सीमाको समस्या अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको र यसो गरिए झन समस्या बढ्ने तर्क गर्नुभएको छ ।

    भारतले कालापानी क्षेत्र आफ्नो नक्सामा पारेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको सोमबार बसेको बैठकमा भाग लिँदै अध्यक्ष प्रचण्डले सीमा समस्या आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने बताउँदै सो धारणा राख्नुभएको हो ।

    adsads

    उहाँले भन्नुभयो आफूहरूले एक इञ्च पनि भूमि नछोड्ने र अरूहरूको पनि एक इञ्च भूमि नलिने तर सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन । अन्तर्राष्ट्रियकरण गर्‍यो भने झन् समस्या पैदा हुन्छ । अहिले नेपाल र भारतमा स्थिर सरकार भएकोले समस्या समाधान गर्ने उचित बेला आएको छ ।

    त्यस क्रममा उहाँले भन्नुभयो सुगौली सन्धिमा लिम्पियाधुरा महाकाली नदीको मुहान हो भनेर स्पष्ट भनिएको उल्लेख गर्दै सो विषय दोहोर्‍याइ रहनु नपर्ने र नेपालमा सीमाको विषयलाई लिएर अभूतपूर्व राष्ट्रिय एकता कायम भएको पनि बताउनुभयो ।

    समितिले सीमा समस्याका विषयबारे समितिले छलफल गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाके पनि उहाँ उपस्थित हुनुभएन । प्रधानमन्त्री सहभागी नभएपछि सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सो विषयमा धारणा राख्नुभएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More