प्रधानमन्‍त्री ओली प्रधानमन्‍त्री ओली

  • प्रधानमन्‍त्री ओली
  • प्रधानमन्‍त्री ओली
  • प्रधानमन्‍त्री ओली
  • प्रधानमन्‍त्री ओली
  • प्रधानमन्‍त्री ओली

प्रधानमन्त्री ओली डिस्चार्ज- जोखिम मोलेर उपचार गरिएको चिकित्सकको भनाई

5 December, 2019 19:31 | राजनीति | comments | 30450 Views

प्रधानमन्त्रीको उपचार खर्च २ लाख ५४ हजार ६८८ रूपैयाँ

प्रधानमन्‍त्री ओली

दश दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको मंसिर १० गते एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो ।

उहाँलाई बिहीबार दिउँसो डिस्चार्ज गरिएको हो । अस्पतालबाट डिस्चार्जपछि प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिँदै स्वास्थ्यमा सुधार भएर घर जान लागेको बताउनुभयो ।

  

प्रधानमन्त्री ओलीको उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ खर्च लागेको अस्पतालले बताएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ लागेको जानकारी दिनुभएको हो ।

यसैबीच प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले जोखिम मोलेर प्रधानमन्त्रीको उपचार गरिएको बताउँदै प्रधानमन्त्री अस्पताल आउँदा संकटको अवस्था रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “चिन्ताजनक अवस्था थियो, हामीले जोखिम मोलेर उपचार गर्‍यौँ । अब मेडिकल टिम बालुवाटार गएर फलोअप गर्छौँ । अहिले प्रधानमन्त्रीको मुटु, फोक्सो राम्रो छ । अपरेशनपछि घाउ पनि ठिक हुने अवस्थामा छ ।”

त्यस क्रममा उहाँले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका सम्बन्धमा राखिएको जिज्ञासाको उत्तर दिंदै आफू किड्नीको चिकित्सक नभए पनि अहिले तत्कालै प्रत्यारोपण गर्न नमिल्ने बताउनुभयो ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्‍त्री ओली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More