प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीद्वय देउवा र प्रचण्डलाई फेसबुकबाट गाली गर्ने सागर पक्राउ

20 August, 2019 19:36 |राजनीति | comments | 34650 Views

    प्रधानमन्त्री केपी शर्मा ओली, तथा पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेसबुकमा गाली गरेको आरोपमा प्रहरीले सामाजिक सागर मैनालीलाई पक्राउ गरेको छ ।

    बारा सिमराका २८ वर्षीय मैनाली केही समयअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए ।

    adsads

    मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर मुलुकका विशिष्ट व्यक्तिलाई ‘काट्ने, मार्ने’ धम्की दिएका थिए । पक्राउ परेपछि प्रहरी अधिकृतसँग आफूलाई त्यसको नतिजाबारे थाहा नभएकाले गल्ती गरेको बताएका छन् ।

    महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले मैनालीलाई बाराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभएको छ । थापाका अनुसार, पक्राउ परेका व्यक्तिविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ ।

    यसअघि काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीलाई गाली, गलौज गरेको आरोपमा पक्राउ परेका व्यक्ति माफी मागेर छुटेका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!