प्रधानमन्त्री कप प्रधानमन्त्री कप

  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप

प्रधानमन्त्री कप क्रिकेटः लगातार चौथों हारसंगै कर्णाली प्रतियोगिताबाट बाहिरियो

1 June, 2019 00:00 | खेल | comments | 11100 Views

प्रधानमन्त्री कप

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नं १ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ । हारसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

adsads

कर्णाली अहिलेसम्म खेलका चारवटै खेलबाट पराजित भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १८० रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा ८ विकट गुमएर २२८ रन बनायो । दुई सय २९ रनको विजय लक्ष्य पछ्याउने क्रममा कर्णालीले २० दशमलव १ ओभर खेल्दै ४७ रन मात्र बनायो ।

कर्णालीका लागि निश्चल रावलले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कसमेत जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का कप्तान पुष्प थापा एक्लैले ६ विकेट लिए । म्यान अफ द म्याच भएका थापाले नौ दशमलव एक ओभर बलिङ गर्दै एक मेडन राखि १९ रन मात्र खर्चे । मुकुन्द यादवले तीन तथा कमल खत्रीले एक विकेट लिए ।

यसअघि प्रदेश १ का लागि सिद्धान्त लोहनीले सात चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए । फिर्दोस अन्सारीले अविजित ४५, सन्नी पुनले ३४, पुष्प थापाले २९, राजन मगरले १६ तथा मिनास थापाले १३ रन बनाए । बलिङतर्फ कर्णाली प्रदेशका प्रकास जैसी, ललित प्याकुरेल र दिवान पुनले दुई-दुई विकेट लिए । चार खेलमा पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रधानमन्त्री कप : सुदूरपश्चिम र प्रदेश नं ५ ले अङ्क बाँडे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्री कप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!