प्रधानमन्त्री कप प्रधानमन्त्री कप

  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप

प्रधानमन्त्री कप : सुदूरपश्चिमद्वारा गण्डकी चार विकेटले पराजित

5 June, 2019 00:30 | खेल | comments | 7950 Views

प्रधानमन्त्री कप

राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले सुदूरपश्चिमाञ्चलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो ।

adsads

९० रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमाञ्चलले २९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमाञ्चलको जीतमा आकाश चन्दले अविजित २९ रनको योगदान दिए भने नरेन्द्र साउँदले अविजित २३ तथा लोकेश बामले १५ रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका किशोर महत्तोले तीन विकेट लिँदा विपिन खत्रीले दुई तथा दीपेश श्रेष्ठले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरको गण्डकी प्रदेश २० दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ८९ रनमा समेटिएको थियो । गण्डकी प्रदेशका लागि राहुल शर्माले सर्वाधिक ४१ रन जोडे भने किशोर महतोले १४ रन तथा आकश थापाले १२ रन जोडे ।

गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका विनोद लामाले व्यक्तिगत पाँच विकेट लिएका थिए । त्यस्तै महेश अधिकारी र कप्तान शेर मल्लले दुई दुई विकेट झारे भने नरेन्द्र साउँदले १ विकेट लिए । जितसंगै समूह ‘क’ मा रहेको सुदूरपश्चिमले चार खेलबाट तीन अङ्क जोडेर प्रतियोगिता सम्पन्न ग-यो भने पराजित गण्डकी प्रदेश जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो । समूह ‘क’ बाट प्रदेश ३ र एपिएफ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रदेश ३ प्रधानमन्त्री कपको सेमिफाइनलमा

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्री कप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!