प्रधानमन्त्री कप प्रधानमन्त्री कप

  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप

प्रधानमन्त्री क्रिकेट उपाधिको लागि पुलिस र आर्मी भिड्ने

7 June, 2019 16:42 | खेल | comments | 11400 Views

प्रधानमन्त्री कप

प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

adsads
दुवै टोली उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् ।

पुलिसले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने आर्मीले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नं ३ ११७ रनले लाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

समूह चरणको खेलमा भने पुलिसले आर्मीलाई पराजित गरेको थियो । पुलिसले आर्मीलाई ५० रनको भारी अन्तरले पराजित गर्यो । त्यसैगरी पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले, प्रदेश नं १ लाई ७५ रन तथा प्रदेश २ लाई १५६ रनको भारी अन्तरले पराजित गरेको थियो ।

यता आर्मीले भने प्रदेश २ लाई १७१ रनले पराजित गरेको थियो भने प्रदेश १ लाई ११३ रनको भारी अन्तरले पाखा लगाएको थियो । त्यस्तै आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले हरायो भने पुलिससँग पराजित भएको थियो ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।

प्रदेश नं २ लाई पराजित गर्दै पुलिस प्रधानमन्त्री क्रिकेट कपको सेमिफाइनलमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्री कप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!