प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ ।
भारत सरकारले भारत प्रशासित जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनाबको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेको छ ।
पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन ।
यसैसाताको शुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदम विरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाउनुभएको थियो ।
अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए । रासस
तपाईंको प्रतिकृया
ताजा समाचार
- साग सकियो- विदेशी खेलाडीको स्मृतिमा अझै छ पोखरा
- अशक्त ध्यानबहादुरको सहारा बनेको छ लोपोन्मुख पानी घट्ट
- कहिलेसम्म नेतृत्व खोजेर बसिरहने नेविसङ्घ ?
- पिपिएल- कसको भीडन्त कोसंग हुँदैछ ?
- आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा धुमधामसंग मनाइँदै
- आजको राशिफल– २०७६ मंसिर २६ गते बिहिबार
- गोकर्णेश्वरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार साहित्यमार्फत
- बैंक ह्याकमा सक्रिय विदेशी गिरोहलाई नेपाली एजेन्टको सहारा
- स्वर्ण पदक जित्ने खेलाडीलाई नौलाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा
- सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
- नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु
- अनलाइन ठगीमा विदेशी नाइके नेपाली एजेण्ट- ठगिएको १४ करोडभन्दा बढी रकम विभिन्न बैंकमा
- सागमा पदक विजेता खेलाडीलाई राष्ट्रपतिद्वारा बधाई
- आज साँझदेखि भारी हिमपातको सम्भावना- सतर्कता अपनाउन आग्रह
- चीनमा चर्च भत्काउने अभियान : पश्चिमा जगतमा खैलाबैला (भिडियोसहित)
- सन्दर्भ १३औँ साग : नतिजा र व्यवस्थापनमा अब्बल
- दुई साताका लागि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
- ओली-प्रचण्ड छलफलपछि मात्र सभामुखको टुंगो, उपसभामुख कांग्रेसले नपाउने
- सरकारसंग माग मात्रै राख्ने हैन मिलेर काम गर्न मन्त्री भट्टराईको आव्हान
- पानीजहाज पछि चलाउला अहिले पानी व्यापार गरौं
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


