प्रम ओलीप्रम ओली

  • प्रम ओली
  • प्रम ओली
  • प्रम ओली
  • प्रम ओली
  • प्रम ओली
  • प्रम ओली

प्रधानमन्त्री स्वास्थ्य परीक्षण गराउन बिहिबार पुन: सिङ्गापुर जाँदै

21 August, 2019 11:15 |राजनीति | comments | 9600 Views

    प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जानु हुनेभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताउनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    adsads

    “चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लाग्नुभएको हो”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य छ ।” बैठकमा उपस्थित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो ।

    यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो ।

    प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास, बिहीबार पुनः सिंगापुर जाँदै

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रम ओली

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    दिल भित्र

    फेसबुक

    दिल भित्र

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!