प्रमुख प्रतिपक्ष दलको प्रश्न- माइतीघरमा किन बर्बरतापूर्ण दमन गरेको ?

11 June, 2019 18:33 | राजनीति | comments | 11850 Views

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले गुठी विधेयक फिर्ता लिन माग गर्दै माइतीघरमा किन बर्बरतापूर्वक दमन गरेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले गुठी विधेयक फिर्ता हुनुपर्ने माग गर्दै सो प्रश्न गरेका हुन् ।

adsads

बैठकमा बोल्दै सांसद राजेन्द्रकुमार केसीले कम्युनिष्टहरु संविधान, कानून, धर्म, संस्कृति र परम्परा मान्दैनन् भन्ने कुरा माइतीघरमा भएको घटनाले पुष्टि गरेको आरोप लगाउँदै “संविधानमै धार्मिकस्थल र गुठीको संरक्षण गर्न पाइने व्यवस्था छ, काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानका जनता गुठी विधेयकको विरोधमा उत्रिएका छन्, गुठी विधेयकका नामा धर्म र परम्परालाई चलाउने काम भएमा सह्य हुने छैन भन्नुभयो ।

पितापुर्खाले धर्म र सन्तानको हितका लागि राखेको गुठीको जग्गाप्रति सरकारको दृष्टिकोण के छ भनी प्रश्न गर्दै सांसद केसीले भन्नुभयो, “माइतीघर घटनाबारे छानबीन समिति बनाइयोस् । धार्मिक, सांस्कृतिक र भाषिक विविधता भएको मुलुकका रुपमा नेपालको पहिचान छ, हाम्रो संस्कार, परम्परा हाम्रा पहिचान हुन् । विधेयकले भयावह स्थिति उत्पन्न गराउँदै लगेकाले फिर्ता लिन हामी सरकारलाई आग्रह गर्दछौं ।”

सांसद केसीले भनाइ राख्नुभएपछि गृहमन्त्रीले माइतीघर मण्डलको घटनाका विषयमा जानकारी दिनुभएको थियो । त्यसलगत्तै बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म र संस्कृतिका विरुद्धमा विधेयक आएकोे आरोप लगाउँदै सोको विरोधमा उत्रिएका जनतामाथि सरकारले माइतीघरमा किन बर्बरतापूर्ण दमन गरेको भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “ प्रदर्शनमा उत्रिएका जनतालाई गिरफ्तारीपछि पनि कुटपीट गरिएको छ, यो निन्दनीय कुरा हो, जनताको संवैधानिक अधिकारको हनन गर्ने काम नगरियोस् ।”

सोही दलकी पुष्पा भुुसालले संस्कृति जोगाउने आन्दोलनमा भएको दमनप्रति सरकारले क्षमा माग्नु गर्नुपर्छ भन्नुभयो । काँग्रेसकै डिला सङ्ग्रौलाले धर्म र संस्कृति जोगाउने सन्दर्भमा गुठी विधेयक फिर्ता गर भनेर गरिएको शान्तिपूर्ण आन्दोलनमा किन धरपकड भयो भनी प्रश्न गर्दै छानबीन होस् भन्नुभयो ।

अर्का सांसद देवेन्द्रराज कँडेलले पूर्वनिर्धारित विरोधको कार्यक्रम हुँदाहुँदै किन वैकल्पिक बाटाको व्यवस्था गरिएन भनी प्रश्न गर्नुभयो । काँग्रेसका देवप्रसाद तिमिल्सिनाले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्नो अधिकार संरक्षण गर्न शान्तिपूर्ण विरोध गर्न नपाउने कस्तो खाले लोकतन्त्रको अभ्यास हो भनी प्रश्न गर्नुभयो । सोही दलकी पार्वता डिसी चौधरीले गुठी विधेयकमार्फत धर्म र संस्कृतिमाथि आक्रमणको प्रयास भएको आरोप लगाउनुभयो ।

बैठकमा सङ्घीय समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठले संस्कृति र परम्परा मास्ने ढङ्गबाट संविधान विपरीत गुठी विधेयक आएको आरोप लगाउँदै सोको विरोधमा उत्रिएका जनतामाथि निर्मम ढङ्गबाट बल प्रयोग भएको भनी सरकारले यसमा माफी माग्नुपर्ने बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!