प्रमोदको कोचिङमा ‘द भ्वाइस अफ नेपाल’- २ को उपाधि राम लिम्‍बुलाई

8 December, 2019 15:19 | कला/मनोरन्जन , कलिउड | comments | 35400 Views

अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’को नेपाल संस्करणको दोस्रो विजेता राम लिम्बु भएका छन् । कोच प्रमोद खरेलको टीममा रहेका रामले शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा सबैभन्दा धेरै भोेट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन् ।

बिजेता लिम्बुले १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर पाएका छन् । गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए ।

  

लिम्बुको प्रतिस्पर्धामा राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ र टिम दीप श्रेष्ठको टिमबाट विकास लिम्बु फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा लिम्बु विजेता बनेका हुन् ।

सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारीले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More