प्रवासी नेपाली एकता मंचहरूबाट नेकपाको ध्यानाकर्षण

5 July, 2020 11:02 | प्रबास | comments | 30450 Views

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादको समाधान पार्टी पद्धति, सिद्धान्त र बिधिका आधारमा गर्न जापान लगायत विश्वका विभिन्न मुलुकमा सक्रिय रहेका प्रवासी नेपाली एकता मंचहरूले ध्यानाकर्षण गरेका छन् ।

शनिबार मंचहरुले साझा प्रेस विज्ञप्ति जारी गरी नेपाली जनताको संघर्ष, बलिदान र समयक्रममा गठन, पुनर्गठन झेल्दै नेपाल र जनताको सुन्दर र न्यायपूर्ण भविष्य निर्माणका लागि स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वबीच देखिएको विवाद र तिक्तताको अवस्थाप्रति विश्वभरका प्रवासी नेपाली एकता मंचहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

  

नेकपा प्रवास समन्वय कमिटी मार्फत पार्टी अध्यक्षद्वयको नाममा जारी विज्ञप्तिमा हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प नभएको भन्दै पार्टीलाई विधि, विधान, पद्धती र प्रकृयाबाट अघि बढाउनु आबश्यक रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकीकरणका बेला तथा त्यसपछि विभिन्न समयमा भएका सहमतिलाई आधार मानेर पार्टी एकतालाई थप मज़बूत बनाउँदै सार्थक निष्कर्षमा पुर्‍याउनु अहिलेको आवश्यकता हो । यस बखत तीन करोड नेपाली जनताको भविष्य निर्माणको यात्रा तय गर्दै सिद्धान्त, राजनीति, संगठन र कार्यक्रम केन्द्रीत छलफल गर्न आग्रह गर्दछौं ।

मञ्चहरुले शीर्ष नेता तथा दोस्रो पुस्ताका पार्टी नेताहरुलाई यस बेला ज़िम्मेवार र संयमित भई नेकपाको एकता कामय राख्नेतर्फ आआफ्नो क्षेत्रबाट सकारात्मक सन्देश प्रवाह गर्न अपील गरिएको छ ।

यसै गरी विज्ञप्तिमा पार्टी एकताका बाँकी काम तत्काल टुंग्याई पार्टी र सरकार दुवैलाई प्रभावकारी ढंगले संचालन गर्नु आग्रह गर्दै दुई ठुला कम्यूनिस्ट पार्टीबीचको ऐतिहासिक एकतालाई कायम राखी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने काम पनि बाँकी रहेको सन्दर्भमा नेपाल र नेपालीको सुन्दर भविष्यका लागि सवै नेताहरुले सुझबुझपूर्ण काम गर्न अनुरोध गरिएको छ ।

विश्वभर रहेका संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट-
संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट;

१. बेलायत
अध्यक्ष : राजेन्द्र पुडासैनी
सचिव : सुरेश गौतम

२. अमेरिका
अध्यक्ष : प्रभु थापा
सचिव : प्रकाश अधिकारी

३. बेल्जियम
अध्यक्ष : जीत लामा
सचिव : वोधराज पौडेल

४. अस्ट्रेलिया
अध्यक्ष : रमेश पाण्डे
सचिव : प्रवीण कंडेल

५. अष्ट्रिया
अध्यक्ष : धर्मराज खतिवडा
सचिव : रविचन्द्र भट्टराई

६.मलेशिला
अध्यक्ष : रमेशप्रसाद तिवारी
सचिव : दयाराम कुमाल

७. आयारल्याण्ड
अध्यक्ष : सुकमान लामा
सचिव: चन्द्रकला निरौला

८. स्पेन
अध्यक्ष : हेम शेर्पा
सचिव : अशोक किरण न्यौपाने

९. साउदी अवर
अध्यक्ष : शिवराज जैसी
सचिव : राजु खनाल

१०. इटाली
अध्यक्ष : धर्मराज पाण्डे
सचिव : हरीभक्त काराखेती

११. चेक
अध्यक्ष : उत्तम आचार्य
सचिव : यदुराम पन्थी

१२. जर्मनी
अध्यक्ष : चन्द्रकान्त आचार्य
सचिव : शम्भुप्रसाद पोखरेल

१३. पोर्चुगत
अध्यक्ष : गोविन्द पौडेल
सचिव : डोलराज भण्डारी

१४.पोल्याण्ड
अध्यक्ष : टंकबहादुर कटुवाल
सचिव : विनोदकुमार आचार्य

१५. फिनल्याण्ड
अध्यक्ष : कोमल पौडेल
सचिव : मनोज भुषाल

१६. फ्रान्स
अध्यक्ष : भक्त वाग्ले
सचिव : मनोज पौडेल

१७. रुस
अध्यक्ष : डा. मनमूर्ति भुर्तेल
सचिव : इन्द्रप्रसाद भुषाल

१८. स्विट्जरल्याण्ड
अध्यक्ष : अच्युतप्रसाद फूयाल
सचिव : विक्रम केसी

१९. साइप्रस
अध्यक्ष : रमिला राई
सचिव : केशव ठकुरी

२०. नर्वे
अध्यक्ष : विश्वास बजगाई
सचिव : सन्तोष भण्डारी

२१. बहराईन
अध्यक्ष : शालिग्राम पन्त
सचिव : नारायण विक

२२. इजरायल
अध्यक्ष : तिर्थ गौतम
सचिव :अनिरुद्र जोशी

२३. कतार
अध्यक्ष : चानक पोखेरल
सचिव : मोहन कार्की

२४. दक्षिण कोरिया
अध्यक्ष : परशुराम सापकोटा
सचिव : दिलिप धिताल

२५. क्यानडा
अध्यक्ष : रमेश थापा
सचिव : अशोक खड्का

२६. डेनमार्क
अध्यक्ष : उदयराज गौतम
सचिव : कृष्ण धानुक

२७.स्वीडेन
अध्यक्ष : मदन ढकाल
सचिव : गंगाप्रसाद घिमिरे

२८. नेदरल्याण्ड्स
अध्यक्ष : प्रेमकाजी गुरुङ
सचिव : थानेश्वर गौतम

२९. कुवेत
अध्यक्ष : राजकुमार थापा
सचिव : मनु भुजेल मगर

३०. ओमान
अध्यक्ष : उमेश विक
सचिव : महेशप्रसाद न्यौपाने

३१. न्यूजिल्याण्ड
अध्यक्ष : आत्माराम खनाल

३२. मकाउ
अध्यक्ष : शीव थापा
सचिव : मनोज धामी

३३. हङकंङ
अध्यक्ष : जे.वि.ओख्राबु
सचिव : भक्त गुरुङ

३४. जापान
अध्यक्ष : हवलचन्द्र लामा
सचिव :सालिकराम भण्डारी

३५. भारत
अध्यक्ष : लोकनाथ भण्डारी
सचिव : ईश्वरी भण्डारी |

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More