प्रहरीको ‘कर्डन एण्ड सर्च’ अपरेशन- ३२ जना पक्राउ

20 October, 2019 16:46 |जन सरोकार | comments | 4650 Views

    पुलिस

    आपराधिक गतिविधिमा संलग्नहरुको कडाईका साथ खोजीमा लागिरहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘कर्डन एण्ड सर्च’ अपरेसनका क्रममा ३२ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई शंकास्पद र गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरिएको हो ।

    adsads

    महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्नेमा १४ महिला र १८ पुरुष रहेका छन् । पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । स्क्रिनिङ गर्ने प्रक्रिया भइरहेकाले परिचय नखुलाइएको हो ।

    अपरेसनका क्रममा टोखा १०, भण्डारी टोलमा रहेको जीतबहादुर केसीको घरबाट जुवा खरिरहेका ९ जनाको समूह पनि समातिएको छ । उनीहरुको साथबाट दुई लाख ४ हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै त्रिवि शिक्षण अस्पताल पछाडि कान्ति मार्गमा किराना पसल चलाउने गीता शर्मा पनि पक्राउ परेकी छन् । उनको साथबाट ३२ प्याकेट पटका बरामद भएको जनाइएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!