गोली गोली

  • गोली
  • गोली
  • गोली
  • गोली
  • गोली
  • गोली

प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

22 May, 2019 12:30 | पत्रपत्रिका | comments | 13200 Views

गोली

भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो।

adsads
प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए। गोली लागेर गम्भिर घाइते भएका उनको स्थानीय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाइएको थियो। मंगलवार साझ पाँच बजे धरान पठाइएको उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सुराकीको आधारमा खोजी गर्दै पुगेकाे भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गाेली चलाउन खोजेपछि जवाफी फायरमा उनी घाइते भएको प्रहरीले जनाएको छ। भिडन्तमा प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल , पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामत गरेको थियो।

टेम्केमैयुङ्ग गाउँपालिका वडा नं.२ छिनामखुस्थित धोत्रे जङ्गलमा विप्लवका हतियारधारी समूह र प्रहरीको जम्काभेट भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। उक्त ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ। त्यस क्रममा उनीहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए।

दुई दर्जन भन्दा बढि रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ। प्रहरी टोली घटास्थलभन्दा तल र विप्लवकार्यकर्ता माथिबाट भएपछि विप्लवकार्यकर्ताले गोली चलाएको थियो। गोली हानाहान भएपछि विप्लवकार्यकर्ता जंगलतर्फ भागेका थिए।

विगत केहिदिनदेखि भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र मैयुम, दोभानेमा विप्लवका हतियारधारी कार्यकर्ता रहेको प्रहरीले सूचना पाएको थियो। सोहि सुचनाको आधारमा साल्पा सिलोछोको दोभाने क्षेत्रमा समेत प्रहरीले गस्ति बढाएको थियो। धोत्रे जंगलमा गोली चलेको आवाज सुनेको स्थानियवासीले पनि बताएका छन।

विप्लव कार्यकर्ताको गतिविधि बढेपछि प्रदेश प्रहरीबाट समेत १५ जनाको प्रहरी थप मद्धतका लागि भोजपुर पुगेको थियो। भोजपुरबाट थप ३० जना सहित ४५ जनाकाे प्रहरीटोलीले विप्लवकार्यकर्ता खोजी गरिरहेको बताइएको छ। पछिल्लो समय विप्लवको गतिविधि वढेको आसंकापछि प्रहरीले विप्लव कार्यकर्ताको खोजी तिव्र बनाएको थियो।

आजको नागरिकमा खबर छ ।

प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, एक जना घाइते

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गोली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

फेसबुक

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!