प्रहरीको घेराबन्दीमा विप्लवको ब्यूरो बैठक- नेत्रविक्रमका दाजुसहित २१ जना पक्राउ

17 October, 2019 14:37 |राजनीति | comments | 5850 Views

    प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको ब्यूरो बैठकमा चलिरहेको स्थानमा प्रहरीले छापा मार्दा सो पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द ‘बीरजंग सहित २१ जनालाई पक्राउ गरेको छ । समाचार अनुसार प्रहरीले विप्लव समूहको राप्ती ब्युरो बैठक स्थलमा घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो ।

    adsads

    पक्राउ परेकाको साथबाट महत्वपूर्ण दस्तावेज, चन्दा मागिएका विवरण, ३२ थान मोबाइल, विष्फोटक पदार्थलगायतका सामग्री बरामद भएका प्रहरीले जनाएको छ । ५ नं प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर र जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले विशेष सुराकीका आधारमा बैठकस्थल घेरेर २१ जना नेतालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी विनोद विक्रम शाहले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा समूहका केन्द्रीय सदस्यदेखि जिल्ला स्तरीय नेतासम्म छन्, उनीहरुको नाम खुलिसकेको छैन ।

    यद्यपि, जिल्लाका अर्का एक अधिकृतले पक्राउ पर्नेमा समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर पनि रहेको पुष्टि गर्दै पक्राउ पर्ने अन्यमा अधिकांश राप्ती ब्युरोका नेताहरु रहेको बताएका छन् ।

    अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार राजपुर गाउँपालिका ४, मरेठामा विप्लव समूहका नेता तीन दिनदेखि बसिरहेका थिए । निरन्तरको निगरानी पश्चात बुधबार राति १ बजे छापा हानिएको थियो । भारतसँग सीमा जोडिएको त्यस क्षेत्रमा रहेको घना जंगलभित्र केही घर थिए । तीमध्ये ज्ञानेन्द्र ओलीको घरमा उनीहरुको बैठक बसिरहेको थियो । ज्ञानेन्द्र विदेशमा भएकाले उनको घर खाली थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!