प्रहरीमा परीक्षणविनै कपडा खरिदको टेन्डर स्वीकृत

23 March, 2016 12:45 | पत्रपत्रिका | comments | 67950 Views

नेपाल प्रहरीले गत फागुन २१ गते मध्यरातमा निर्णय गरेको पार्का ज्याकेट र स्लिपिङ ब्यागको टेन्डरमा एकपछि अर्को अनियमितताका रहस्य सार्वजनिक हुँदै आइरहेका छन् । प्रहरी मुख्यालयसम्बद्ध स्रोतका अनुसार उक्त टेन्डरमा ठेकेदारले पेस गरेका नमूना परीक्षण नगरीकनै टेन्डर स्वीकृत गर्ने निर्णय गरिएको खुल्न आएको छ ।

प्रहरी मुख्यालयको प्रबन्धशाखाले गत पुस २३ मा आह्वान गरेको उक्त टेन्डरमा नेपालमा सरकारी प्रयोगशाला हुँदै विदेशी कम्पनीको प्रयोगशालाको रिपोर्ट चाहिने भन्दै राखिएको प्रावधान नै अत्यन्त शंकास्पद देखिएको छ । नेपालमा गुणस्तर तथा नापतौल विभागमा सञ्चालित सुविधासम्पन्न प्रयोगशाला हुँदै प्रहरी मुख्यालयले स्विट्जरल्याण्डको सोसाइटी जेनरल दि सर्भिलेन्स ९एसजीएस० अथवा इंग्ल्याण्डको इन्टरटेक टेस्टिङ सर्भिस ९आईटीएस०बाट परीक्षण गरिएको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने प्रावधान राखिनु नै अनियमितताको पहिलो सूत्र रहेको जानकारहरु बताउँछन् ।

प्रहरी मुख्यालय स्रोतका अनुसार विदेशी प्रयोगशालामा नमूना परीक्षण गराउन पठाउने र त्यही प्रावधानलार्ई टेक्दै गरिने अनियमितता शृंखला गत कात्तिक महिनादेखि सुरु भएको हो । नेपालका अधिकांश सरकारी निकायले गर्ने खरिदमा नेपाल गुणस्तर तथा नापतौल विभागले वर्षौँदेखि नमूना परीक्षण गर्दै आएको थियो र विभागले दिने रिपोर्टलार्ई आधार मानेर खरिदको बाँकी प्रक्रिया अगाडि बढाउने गरिन्थ्यो ।

  

तर विभागले नेपाल प्रहरीको खरिदमा वर्षौँदेखि हालीमुहाली गर्दै आएका केही ठेकेदारसँगको सेटिङमा गत कात्तिक महिनादेखि अनेक बहाना बनाउँदै नमूना परीक्षण गर्न अस्वीकार ग¥यो । केही ठेकेदारहरुको सेटिङअनुसार विभागले गत कात्तिक महिनामा लोडसेडिङको बहाना बनाउँदै प्रहरी मुख्यालयले टेन्डरसाथ नमूनाको रुपमा पेस हुन आएका पार्का ज्याकेट, स्लिपिङ ब्याग, रुक्स्याग ब्याग, पिटी जुत्ता, रेन सुट, कटन कमिज लगायतका सामग्रीहरुको नमूना परीक्षण गर्न नसक्ने बताउँदै नमूना सामग्रीहरु विना जाँच फिर्ता पठाइदियो ।

विभागले नमूना परीक्षण गर्न अस्वीकार गरेपछि प्रहरी मुख्यालयको प्रशासन विभागले सार्वजनिक खरिद अनुगमन कार्यालयलार्ई नमूना परीक्षण कहाँ गराउँदा उपयुक्त हुन्छ रु भन्दै सुझाव माग्यो । प्रहरीको सुझावमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गत मंसिर १४ गते प्रहरी मुख्यालयलाई पत्र लेख्दै नमूना परीक्षणको लागि विदेशी कम्पनीहरु स्विट्जरल्याण्डको सोसाइटी जेनरल दि सर्भिलेन्स ९एसजीएस० अथवा इंग्ल्याण्डको इन्टरटेक टेस्टिङ सर्भिस ९आईटीएस०बाट परीक्षण गरेको हुनुपर्ने भनेर टेन्डर फर्ममा उल्लेख गर्न उपयुक्त हुने सुझाव दिएको थियो ।

खरिद अनुगमन कार्यालयको उक्त सुझावपश्चात् प्रहरी मुख्यालयले गत पुस २३ मा आह्वान गरेको लत्ताकपडा खरिदको टेन्डरमा एसजीएस र आईटीएसबाट नमूना परीक्षण गरेको रिपोर्ट अनिवार्य रुपमा संलग्न गरेको हुनुपर्ने प्रावधान कायम गरेको थियो । सोहीअनुसार गत फागुन २१ मा स्वीकृत भएको ठेक्कामा पार्का ज्याकेटको लागि सात र स्लिपिङ ब्यागको लागि नौवटा ठेकेदार कम्पनीले बोलपत्र पेस गरेका थिए । टेन्डर फर्ममा राखिएको प्रावधानअनुसार बोलपत्र पेस गर्ने सबै कम्पनीमध्ये कसैले एसजीएस र कसैले आईटीएसमा नमूना परीक्षण गराएर मुख्यालयले माग गरेको मापदण्डबमोजिमको रिपोर्ट पेस गरेका थिए ।

उक्त टेन्डरमा पार्का ज्याकेटको लागि मुख्यालयले तोकेको मापदण्ड र गुणस्तरको सामान उपलब्ध गराउने कबोल गर्दै पार्का ज्याकेटको लागि सबैभन्दा कम मूल्य तेजसम ट्रेडिङले एक हजार पाँच सय ५१ रुपैयाँ कबोल गर्दागर्दै प्रहरी मुख्यालयले सात सय बढी रुपैयाँले बढी अधिकतम मूल्य दुई हजार पाँच सय ५१ रुपैयाँ कबोल गर्ने श्लोक इन्टरप्राइजेजको टेन्डर स्वीकृत गरेपछि प्रहरीको लत्ताकपडा खरिदमा हुने चलखेल प्रष्ट देखिएको छ । त्यस्तै स्लिपिङ ब्यागको हकमा सबैभन्दा कम मूल्य एक हजार तीन सय २७ रुपैयाँ कबोल गर्ने एभरेस्ट टेन्ट हाउसको टेन्डर स्वीकृत नगरी करिब तीन सय रुपैयाँले बढी एक हजार छ सय ३५ रुपैयाँ कबोल गर्ने श्लोक इन्टरप्राइजेजको टेन्डर स्वीकृत गरिनु नै अनियमितताको प्रमाणको रुपमा लिनसकिने जानकारहरु बताउँछन् ।

“तोकिएको मापदण्ड र गुणस्तरको ल्याब रिपोर्टसहित न्यूनतम मूल्यमा सामान उपलब्ध गराउने प्रस्ताव गरेको कम्पनीको टेन्डर स्वीकृत नगरी अधिकतम मूल्यको प्रस्ताव स्वीकृत गरिनु र दुवै ठेक्का एउटी कम्पनीले पाउनु नै अनियमितताको स्पष्ट प्रमाण हो, यदि होइन भने श्लोक इन्टरप्राइजेजले न्यूनतम मूल्य प्रस्ताव गरेको कटन पाइन्टको टेन्डर किन रद्द गरियो रु’, नाम नछाप्ने शर्तमा प्रश्न गर्दै एक ठेकेदारले भने । उनका अनुसार कटन पाइन्टमा न्यूनतम मूल्य प्रस्ताव गर्ने श्लोकको टेन्डर स्वीकृत गर्दा सो कम्पनीलाई धेरै फाइदा नहुने र कमिसन दिन नसक्ने हँुदा उक्त टेन्डर रद्द गरिएको हुनसक्ने आशंका गरिएको छ ।

त्यसो त प्रहरी मुख्यालयले बोलपत्रसाथ पेस हुन आएका नमूनाहरुको परीक्षण नगरी ठेकेदारले पेस गरेको रिपोर्टको आधारमा टेन्डर स्वीकृत गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार चालू आर्थिक वर्षमा प्रहरी मुख्यालयले आह्वान गरेका टेन्डरसम्बन्धी निर्णय नै एक आपसमा बाझिन गएका छन् । केही महिना अगाडि आह्वान गरिएको टेन्डरमा प्रहरी मुख्यालयले आफैँले विदेशी प्रयोगशालामा नमूना परीक्षण गरेर निर्णय गरेकोमा पछिल्लो सो टेन्डर नमूना परीक्षणविना नै हचुवाका भरमा स्वीकृत गरिएको खुल्न आएको खबर छ

आजको आर्थिक दैनिक बाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More