ज्ञानेन्द्र शाही ज्ञानेन्द्र शाही

  • ज्ञानेन्द्र शाही
  • ज्ञानेन्द्र शाही
  • ज्ञानेन्द्र शाही
  • ज्ञानेन्द्र शाही
  • ज्ञानेन्द्र शाही

प्रहरीले माफी दिएर रिहा गर्यो ज्ञानेन्द्र शाहीलाई

16 September, 2019 17:30 | राजनीति | comments | 10350 Views

ज्ञानेन्द्र शाही

नागरिक अभियन्ताका रुपमा आक्रामक शैलीमा प्रस्तुत हुने ज्ञानेन्द्र शाहीलाई प्रहरीले रिहा गरेको छ । उनलाई आइतबार पुल्चोकमा एक पत्रकार सम्मेलनका क्रममा प्रहरीमाथि हातपात गरेको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको थियो ।

ads ads

शनिबार शाहीले नेपालगञ्ज विमानस्थलमा विमानभित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेका थिए । उनलाई सोही अभियोगमा पक्राउ गरी अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी गरेको भए पनि उनलाई ‘एक पटकलाई माफी दिइएको भन्दै रिहा गरेको हो । मन्त्री भट्टराईमाथिको दुव्र्यवहारका विषयमा शाहीले आइतवार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेको समयमा हात हालाहाल भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गत शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरको विमानभित्र उनले मन्त्री भट्टराईलाई विमान होल्ड गराएकोमा जथाभावी गाली गलौज र अभद्र व्यवहार गरेका थिए । त्यस्तै उनलाई सोमबार बिहान छोडिएको र मुद्दा नचलाइएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

मन्त्री भट्टराईलाई गाली गलौज गरेको भन्दै शाहीमाथि नेकपाका युवा कार्यकर्ताले आइतबार आक्रमण प्रयास गरेका थिए । रिहा भएपछि शाहीले पत्रकार सम्मेलन गरेका छन् । प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पुर्जी थमाएको थियो ।

भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्रलाई छाड्न सर्वोच्चको आदेश

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ज्ञानेन्द्र शाही

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More