प्रहरी तथा कर्मचारीबाट एक दिनको तलब पहिरोपीडितलाई

29 September, 2014 18:55 | जन सरोकार , मध्य पश्चिमाञ्चल | comments | 54900 Views

जाजरकोट जिल्लाका बाढीपहिरो पीडित जनतालाई प्रहरी र विभिन्न कार्यालयका कर्मचारीले एक दिन बराबरको तलब उपलब्ध गराएका छन् । जिल्ला प्रहरी कार्यालयबाट एक दिनको तलब झण्डै रु पाँच लाख सहयोग दिइएको हो ।

दशैं-तिहारको समयमा बाढीपहिरोबाट क्षति भएका वारेकोटका जनतालाई केही राहत होस् भनेर जिल्ला प्रहरी कार्यालय परिवारबाट रु दुई लाख १९ हजार सहयोग गरिएको प्रहरी प्रमुख दिनेशराज मैनालीले बताउनुभयो ।

त्यस्तै, कृषि कार्यालय, घरेलु तथा साना उद्योग, वन कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयबाट अरु बाँकी रकम सहयोग गरिएको जिल्ला दैविक प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ हीरालाल चौधरीले बताउनुभयो ।

  

यो रकम जिल्ला दैविक प्रकोप उद्धार समितिमार्फत सक्ला, रामीडाँडा, रोकाय गाउँका पहिरोपीडितसम्म पु¥याइने भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More