प्रहरी तालिमकेन्द्रभित्र युवतीमाथि यौनदुव्र्यवहार : एकजना गिरफ्तार

17 October, 2019 19:19 |जन सरोकार | comments | 5100 Views

    समाजमा हुने दुव्र्यवहार तथा आपराधिक घटना रोक्न परिचालित हुन तालिम लिने थलो प्रहरी तालिक केन्द्रमा प्रशिक्षण लिइरहेकी एक युवतीमाथि यौन दुव्र्यवहार भएको भन्दै तालिम केन्द्रमै कार्यरत प्रहरी नायब निरीक्षक (सई)बमबहादुर राना पक्राउ परेका छन् ।

    नेपालगञ्जस्थित प्रदेश प्रहरी तालिम केन्द्रभित्र आइतबार अपरान्ह ३ बजे महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको प्रयास भएको प्रहरीमा उजुरी परेपछि रानालाई पक्राउ गरिएको हो ।

    adsads

    जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले रानालाई पक्राउ गरिएको पुष्टि गर्दै पीडितले जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालेको बताउनुभएको छ ।

    उहाँले रानामाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन म्याद थप भइसकेको र घटनाको विस्तृत अनुसन्धान र प्राविधिक पक्षको छानविन गरिरहेको पनि जानकारी दिनुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!