फायरिङ फायरिङ

  • फायरिङ
  • फायरिङ
  • फायरिङ
  • फायरिङ
  • फायरिङ
  • फायरिङ

प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, एक जना घाइते

22 May, 2019 00:31 | राजनीति | comments | 10350 Views

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । गोली हानाहानमा एकजना घाइते भएका छन् ।

adsads

समाचार अनुसार मंगलबार १०–१५ जना हतियारधारी समूहको टोली रहेको सूचना पाएपछि पुगेको प्रहरीलाई जंगलमा समूहभन्दा पछाडि रहेका एक व्यक्तिले कम्मरमा भिरेको पेस्तोल फायरिङ गरेपछि प्रहरीले जवाफी गोली चलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले दिएको जानकारी अनुसार भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं १ स्थित मैयुमडाँडा मुनिको धोद्रे जंगलमा प्रहरीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएको छ ।

सो ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ । उहाँका अनुसार घाइतेको तिघ्रामा गोली लागेको छ । घाइते भोजपुर षडानन्द नगरपालिका २ का ३२ वर्षका तीर्थराज घिमिरे रहेका छन् ।

खुट्टामा गोली लागिका घिमिरेलाई उपचारका लागि एम्बुलेन्सबाट भोजपुर अस्पताल लगिएको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल पेस्तोलको गोली थान ५, लामो बाइनाकुलर थान १, डेटोनेटर थान ४, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद भएको प्रहरीले जनाएको छ ।

सदरमुकाबाट करिब ७० किलोमिटर टाढाको दुरीमा रहेको जंगलमा रहेका विप्लव समूहका कार्यकर्ताले गाउँबस्तीमा त्रास सिर्जना गरेको गुनासो आएपछि प्रदेश १ प्रहरी टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले गस्ती गरेको थियो ।

गस्ती गर्ने क्रममा जम्काभेट भएपछि गोली प्रहार भएको हो । जंगलमा रहेका विप्लव समूहका अन्य कार्यकर्ता खोटाङतर्फ भागेको प्रहरीले जनाएको छ ।

चन्द नेतृत्वका इञ्चार्जसहित चार पुर्पक्षका लागि जेल चलान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
फायरिङ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!