प्रिन्स दाहाल बैंककमा जारी अन्तर्राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा

28 April, 2019 14:59 | खेल | comments | 12450 Views

नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यू–१७ को अन्तिम चरणमा प्रवेश गरेका छन् ।

शनिबार राति सम्पन्न खेलमा प्रिन्सले सेमिफाइनलमा भरतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा पराजित गरेका हुन् ।

adsads

उनले पहिलो सेट २१–९ अङ्कले तथा दोस्रो सेट २१–१३ अङ्कले जितेका थिए । यसअघि प्रिन्सले क्वार्टरफाइनलमा थाइल्याण्डका नाथाप्पे श्रीउनलकलाई २–० सोझो सेटमा पराजित गरेका थिए ।

नाथाप्पेलाई २१–१३ र २१–१४ अङ्कले जितेका उनले अन्तिम चरणको आजको खेलमा भारतीय खेलाडी गान्धम प्रनव रावसँग खेल्ने बैंककमा रहनुभएका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिनुभयो । विभिन्न उमेर समूहको उक्त प्रतियोगितामा २२ देशका खेलाडीको सहभागिता छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!