प्रेमगीत ३ को एकपछि अर्को लुक्स- शिवपछि सुनीलको आयो यस्तो अवतार
२०७६ चैत्र २८ गते सार्वजनिक प्रदर्शनको मिति घोषणा गर्दै व्यापक गृहकार्यमा छायांकन भैरहेको बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३ का शीर्ष कलाकारहरुको लुक्स सार्वजनिक हुने क्रम जारी छ । अभिनेता शिव श्रेष्ठको राजा अवतार सार्वजनिक भएपछि अर्का अभिनेता सुनील थापाको अहिलेसम्म नदेखिएको लुक्स निर्माण पक्षले सार्वजनिक गरेको छ ।
लुक्स सार्वजनिक गरिसकेको निर्माण टिमले सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा कलाकार थापालाई फरक अवतारमा देख्न सकिन्छ । भारी हिउँ परिरहेको समयमा उनी टाढाको यात्रामा निस्किएको पोस्टरबाट अनुमान गर्न सकिन्छ ।


छायांकनमा जानुभन्दा अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको यो चलचित्रमा अभिनेता प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिँदैछन् । भने, उनको अपोजिट अर्थात् ‘गीत’ को भूमिकामा क्रिस्टिना गुरुङ छिन् । चलचित्रमा अनुभव रेग्मीलाई अभिनेता प्रदीपको बाल्यकाल (प्रेम) र योगीशा खत्रीलाई अभिनेत्री क्रिस्टिनाको बाल्यकाल (गीत)को भूमिकामा देख्न पाइनेछ ।
काठमाडौंको चोभारमा भव्य दरबारको सेटमा छायांकन सकेर मनाङ पुगेको टोली त्यहाँ छायांकन सकेर काठमाडौं फर्कनेछ । बाक्लो हिमपातकाबीच दृश्य छायांकन गर्न गाह्रो भए पनि अघिल्लो साताको हिमपातले निर्माणपक्षलाई नक्कली हिउँ देखाउनुपर्ने बाध्यता हटेको छ । सहनिर्माता समेत रहेका सामाजिक अभियन्ता चक्रबहादुर चन्दले आफ्नो चलचित्रलाई छायांकनका लागि प्रकृतिले पनि साथ दिएको टिप्पणी गरेका छन् ।
चैत २८ गते रिलिज मिति तोकिएको फिल्म प्रेमगीत ३ करिब ३ सातादेखि ३ हजार ५ सय मिटर उचाइको मनाङ क्षेत्रका हिमपात र चिसोमा कैद भइरहेको छ । फिल्म ‘अन द स्पट’ सम्पादन पनि गरिएको छ । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतले पनि अभिनय गरेका छन् ।
राजेश श्रेष्ठको डीओपी रहेको फिल्मको एक्सनमा हिमाल केसी, कोरियोग्राफीमा कविराज गहतराज छन् । बनिश शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरिरहेका छन् । सुटिङ टोलीले काठमाडौं फर्केपछि पोस्ट प्रोडक्सनको काम थाल्नेछ । फिल्ममा प्रदीप खड्का ‘प्रेम’ को रूपमा देखिँदै छन् । क्रिष्टिना गुरुङ ‘गीत’ को भूमिकामा छन् । निर्मातासमेत रहेका निर्देशक सन्तोष सेन आफैं ‘अंगत’ को भूमिकामा छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाली तेलमा भारतको प्रतिबन्धका कारण ९० प्रतिशत उद्योग धराशायी
- कम्युनिष्टबाट जनताको विश्वासमाथि घात गर्ने काम भयो
- देशकै अब्बल बन्ने बाटोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
- लिच्छवीकालीन कमलपोखरीमा ‘सिमेन्ट र कङ्क्रिटको कमल’ !
- जापान भ्रमण गर्दै हुनुहुन्छ- पालना गर्नुपर्नेछ यस्ता नियम
- आठ बजेपछि बन्द गरिने रेष्टुरेन्ट तथा बारलाई दैनिक पाँच सय ८० डलर सहायता
- न्यायाधीहरुले प्रधानमन्त्री भेटेको समाचारप्रति सर्वोच्चको खेद
- निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री डा. भट्टराई
- वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा
- शनिबारको प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति देउवाको आग्रह
- जापानमा कोरोना संक्रमणको एक वर्ष- एकजनाबाट तीन लाखभन्दा बढी
- ‘नागरिक एप्स’को प्रयोगबाट सुशासन वृद्धि हुने प्रम ओलीको विश्वास
- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
- भेन्टिलेटर स्थापना गरियो तर दक्ष जनशक्तिको अभावमा संचालन हुन सकेन
- संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
- नवनिर्वाचित राष्ट्रपति बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
- विकास आयोजनाका ठेकेदार मजदूरलाई घाटाको भागीदार बनाएर पारिश्रमिक दिंदैनन्
- राष्ट्रिय भूकम्प सुरक्षा दिवसः घटाऔँ भूकम्पको खतरा जागरुक भई
- नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता- संयुक्त आयोगको बैठक बस्दै
- मार्चसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने चिनीयाँ विशेषज्ञको चेतावनी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


