प्रेमगीत ३ को शुभमुहुर्तसंगै चोभारको भव्य सेटमा छायांकन सुरु

8 November, 2019 21:31 | कला/मनोरन्जन , कलिउड | comments | 11550 Views

निर्माण आरम्भपूर्व नै निकै तयारी गरिएको र चर्चामा रहेको चलचित्र प्रेमगीत ३ को शुभमुहुर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दिरमा विशेष पूजा गरी निर्माण गरिएको भव्य सेटमामा सुटिङ शुरु गरिएको छ ।

adsads

२०७६ चैत्र २८ मा प्रदर्शन गर्ने घोषणासहित तयारी गरिएको यो चलचित्रमा प्रदीप खडका, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत ,पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी,योगिसा खत्री, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगाएत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्ने चलचित्र निर्देशक गुरुङ र मन्दिप गौतमले फिल्मको कथा लेखेका हुन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहने चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह, भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

चक्रबहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार सान शाह र ओएसआर डिजिटल सहनिर्मातामा छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More