प्रेमगीत-३ मा जोडिए एक्सन किङ शिव श्रेष्ठ- संगै ‘राते काइला’

18 June, 2019 17:20 | कला/मनोरन्जन , कलिउड | comments | 80400 Views

नेपाली चलचित्रमा एक्सन किङको उपाधी पाएका नायक शिव श्रेष्ठ प्रेम गीत-३ मा अनुबन्ध भएका छन् । राजेशले २ महिनासम्म निर्माण पक्षको समय लिएर अन्तत समय अभावको कारण जनाउदै उनले फिल्ममा जोडिन अस्विकार गरेपछि उनको स्थानमा शिव श्रेष्ठ देखिने भएका हुन् ।

शिवले प्रदीप खड्का ‘प्रेम’ र डेब्यु नायक मनिष राउतको बाबु (राजा)को भूमिका निर्वाह गर्नेछन् । त्यसै गरी चलचित्रमा अर्का मुख्य कलाकार सुनिल थापा समेत पक्का भएका छन् । लामो समयको वर्कसपपछि कलाकार थापा काम गर्न तयार भएका हुन् ।

  

यी कलाकारका अलावा फिल्ममा सन्तोष सेन, प्रेम पुरी र पुस्कर कार्की समेत यस अघि नै फाइनल भएका छन् । फिल्मका लागि फिमेल लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन भैरहेको छ । महिला कलाकारका लागि अडिसन भएको भने यो सिरिजमा पहिलो पटक हो ।

यस अघिका ‘गीत’ पूजा शर्मा र अश्र्लेशा ठकुरी अडिसन मार्फत छानिएर आएका होइनन् । तर पुरुष कलाकार प्रदीप खड्का र मनिष राउत भने अडिसन मार्फत नै फाइनल भएका हुन् ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ यो फिल्म निर्देशन गर्न लागेका छन् । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर पर्दशनमा आउने छ ।

यो चलचित्रमा सामाजिक क्षेत्रका चर्चित अभियंता एवं पूर्वमन्त्रीका सल्लाहकार चक्रबहादुर चन्द पनि कार्यकारी निर्माताको भूमिका निर्वाह गर्दैछन् ।

प्रेमगीत-३मार्फत पर्दामा देखिंदै राजेश- दमदार उपस्थितिका लागि वर्कसप जारी

प्रेम गीत-३ को निर्माण घोषणासंगै पोष्टर र प्रदर्शन मिति सार्वजनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More