प्रेमगीत-३ मा शिवको यस्तो अवतार : चलचित्रप्रति व्यापक कुतुहलता

1 December, 2019 14:26 |कला/मनोरन्जन , कलिउड | comments | 5700 Views

    झण्डै डेढ सय वर्ष पुरानो सत्य घटनामा आधारित बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३ को यतिबेला चोभारको भव्य सेटमा छायांकन सकिएको छ । चलचित्रको मुख्य आकर्षणमा एक्सन किङ शिव श्रेष्ठ रहेका छन् र यो चलचित्रमा उनलाई अलग्गै रुपमा देख्न सकिनेछ ।

    adsads

    छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३ मा लामो कपाल र जुँगामा सिंहासनमा बसेका शिव राजाको भेषमा क्रोद्धित मुद्रामा देखिएका छन् ।

    फिल्मका निर्माता सन्तोष सेनले अब फिल्मको आउटडोर छायांकनका लागि मनाङ प्रस्थान गरेको बताए । महिनौं लगाएर निर्माण टिमले फिल्मको इनडोर छायांकनका लागि कीर्तिपूरमा भव्य सेट निर्माण गरेको थियो । जहाँ फिल्मको आधाभन्दा बढी छायांकन गरिएको छ । मनाङमा फिल्मको महत्त्वपूर्ण सिन खिचिने निर्माता सेनले बताए । जसका लागि मुस्ताङबाट घोडा मगाइएको छ ।

    यस चलचित्रमा प्रदीपको अपोजिटमा नवअभिनेत्री क्रिस्टिना गुरुङ छिन् । फिल्ममा प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । फिल्ममा हिमाल केसीको एक्सन छ । यो फिल्म चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।

    अभिनेता शिव श्रेष्ठको यो लुक्सले दर्शकमा फिल्मप्रति झनै कौतुहलता बढाएको छ । यसमा उनी डेढ सय वर्ष अगाडिको राजाको भूमिकामा छन् । शिवले यो चलचित्रमा अभिनेता प्रदीप खड्का र नवअभिनेता मनिष राउतको पिताको भूमिका निभाएका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More