प्रेमगीत-३ लाई अनुभव सुनाउँदै शिव भन्छन्- घोडालाई माया गर्न जान्यो भने आफूमाथि नै चढ्न आउँछ

23 June, 2019 18:31 |कला/मनोरन्जन , कलिउड | comments | 30300 Views

    लामो समयपछि नेपालको पहिलो सुपरस्टार शिव श्रेष्ठलाई ठूलो पर्दामा देख्न पाइने छ प्रेमगीत ३ मार्फत । प्रेमगीत-३ मा अनुबन्ध भएसंगै निर्माता तथा निर्देशक शिवको चार दशकको फिल्मी यात्राको अनुभव पर्दामा उतार्ने मात्र हैन उनीबाट सिक्ने जमर्कोमा छन् ।

    adsads

    प्रेमगीत-३ मा शिवको प्रवेशसंगै चलचित्र कस्तो बन्ला भन्ने थप कुतुहलता सिर्जना भएको छ । छायांकन अघि नै पोस्टर र प्रदर्शन मिति तोकेर प्रक्रियामा गएको यो चलचित्रमा शिवको भूमिका निकै दमदार रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले बताइसकेका छन् ।

    अहिले कलाकारहरु प्रशिक्षणमा व्यस्त रहेको र झण्डै डेढ शताब्दी पहिलेको कथा भएकाले यसमा घेडचडी लगायत परम्परागद द्वन्द्वलाई समावेश हुने पक्का छ ।

    स्मरणीय रहास् कलाकार श्रेष्ठ घोडचढीमा माहिर मानिन्छन् । त्यस्तै द्वन्द्वमा अत्यन्तै सिपालु श्रेष्ठ कुस्तीबाज पनि भएकाले उनको अनुभवको भरपूर उपयोग नयाँ पुस्ताका कलाकारले गर्ने निश्चित छ ।

    १०० भन्दा बढी नेपाली र दुई दर्जन बढी पाकिस्तानी चलचित्रमा अभिनय गरेर त्यहाँ एकछत्र राज गरेका शिव बहुआयामिक अभिनय क्षमता भएका कलाकारका रुपमा चिनिन्छन् । पर्दामा अत्यन्तै क्रुद्ध देखिने शिव नेपाली चलचित्रमा शान्त, भलदमी र सकारात्मक सोच राख्ने कलाकारका रुपमा परिचित छन् ।

    यो चलचित्रमा शिवको एक्सन अवतार पुनः देख्न पाइने निर्देशक सेनले बताएका छन् ।

    प्रेमगीत ३ लाई अनुभव सुनाउँदै शिवले भनेका छन्- “घोडालाई माया गर्न जान्यो भने त्यसले यति माया गर्छ कि आफूमाथि नै चढ्न आउँछ । घोडालाई चना, सख्खर तथा चकलेट खान दिनुपर्छ ।”

    यसै चलचित्रमा अर्का सशक्त अभिनेता सुनील थापाको प्रवेश हुँदैछ । नेपालका दुई दिग्गज अभिनेताको साथमा अहिलेका चकलेटी नायक प्रदीप खड्कासंगै नवनायक मनिष राउतको उपस्थितिले प्रेमगीत ३ अहिलेदेखि नै चर्चाको शिखरमा छ ।

    नेपाली चलचित्र उद्योगमा राम्रो र सफल चलचित्र निर्माण गर्ने प्रोडक्सनमा दरिएको आसुसेन प्रोडक्सनले चलचित्र निर्माणमा नयाँ नयाँ खोज गर्दैआएको छ भने नयाँ कलाकारहरुलाई मौका दिंदै आएको छ । यही ब्यानरबाट धेरैले नेपाली चलचित्रमा आफ्नो स्थान बनाउन सफल भएका छन् ।

    प्रेमगीत ३ पनि नयाँ प्रयोग र खोजको रुपमा निर्माण पक्षले लिएको छ ।

    प्रेमगीत-३ मा जोडिए एक्सन किङ शिव श्रेष्ठ- संगै राते काइला

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!