फर्कन पाउने भए जापानमा रहेका नेपाली : जुन ५ सम्म विवरण बुझाउन दूताबासको आव्हान

30 May, 2020 15:12 | जापान | comments | 159150 Views

विभिन्न कारणले जापान पुगेका तर कोरोनाका कारण उत्पन्न असहज परिस्थितिले नेपाल फर्कन नपाएकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने तयारी सुरु भएको छ ।

यसका लागि टोकियोस्थि नेपाली दूताबासले एक विज्ञप्ति जारी गरी नेपाल फर्कन चाहनेहरुले स्पष्ट कारणसहित विवरण भरेर बुझाउन आव्हान गरेको छ ।

  

दूताबासले एक विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमणका कारण उत्पन्न असहज परिस्थितिले नेपाल फर्कन नपाएकाहरुले जुन ५ सम्म तोके बमोजिमको विवरण भरेर पठाउन आव्हान गर्दै प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्ने प्रयोजनका लागि विवरण चाहिएको हुँदा आफ्नो यथार्थ विवरण ०५ जुन २०२० सम्ममा उपलब्ध गराइ दिनुहुन अनुरोध गरिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार स्वीकृत “कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकतलाइ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” बमोजिम विवरण प्राप्त भएपश्चात् नेपालको यात्रा सुनिश्चित गर्न र नेपाल आगमन पश्चात क्वारेन्टाइन लगायत अन्य व्यवस्थापनलाई सुव्यवस्थित गर्न सहजर सहयोग पुग्ने हुँदा यथार्थ र सही विवरण मात्र उलब्ध गराउन पनि अनुराधे गरिएको छ।

विवरण भर्दा निम्नलिखित कुराहरूलाई विशेष ध्यान दिनुपर्नेछ-

१ विवरण भर्नका लागि यस राजदूतावासको वेभसाइटमा रहेको लिंक https://jp.nepalembassy.gov.np/registration-form-for-nepalese-to-return-to-nepal/मा गई आफ्नो विवरण भर्नुहोला । फाराम भर्दा तत्काल नेपाल फर्कनपर्नुको कारण लगायत अन्य विवरण अनिवार्य रूपमा खुलाउनु पर्नेछ ।

२ नेपाल आगमनपश्चात् अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसैले विवरण भर्दा होटल क्वारेन्टिनमा बस्ने वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्ने भन्ने व्यहोरा खुलाउनु पर्नेछ ।

३ नेपाल फर्कंदा लागेको हवाइ उडान खर्च र होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ ।

४ स्वदेश फर्कने व्यक्तिले उडान गर्नु अगावै कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि.सि.अ।र./अ।र.डि.टी./अन्य)भएको प्रमाण साथमा राख्नुपर्ने छ र उक्त प्रमाणपत्र नेपाल आगमनपश्चात् विमानस्थलमा समेत देखाउनु पर्नेछ ।

५ १४ दिनसम्म क्वारेन्टिनमा बस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सुरक्षा प्रोटोकल अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

६ आदेशकोउल्लङ्घन गर्ने कुनै पनि व्यक्तिलाई संक्रामक रोग ऐन,२०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

७ विस्तृत जानकारीका लागि कोभिड – १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ राजदूतावासको वेभसाइटमा हेर्नुहुन अनुरोध छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More