फलामेसाँघुमा पन्ध्र श्ययाको अस्पताल बन्ने

21 October, 2019 13:46 |जल/वातावरण/स्वास्थ्य | comments | 4350 Views

    रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ श्ययाको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो ।

    adsads

    “गाउँपालिकाको दुर्गम र विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ गाउँकार्यपालिकाको बैठकबाट गाउँपालिकाको वडा नं १ खहरेपाँगुको फलामेसाँघुमा १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका हौँ ।” गाउँपालिका अध्यक्ष दलबहादुर लामाले भन्नुभयो ।

    निर्णयसँगै अब अस्पताल निर्माणको लागि आर्थिक प्रक्रियाको बाटोसमेत खुलेको अध्यक्ष लामाले बताउनुभयो । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा निर्माणकार्य अगाडि बढाउने विषयमा सम्बन्धित निकायसँग छिट्टै छलफल थाल्ने उहाँको भनाइ छ ।

    सो निर्णय भएसँगै छिमेकी वडा नं ३ का वडाध्यक्ष धनजीत लामाले निर्णय निकै स्वागतयोग्य भएको बताउनुभयो । अब निर्णयसँगै निर्माण प्रक्रियालाई छिट्टै अगाडि बढाउन उहाँले आग्रहसमेत गर्नुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!