व्यवसायी रुप ज्योति पक्राउव्यवसायी रुप ज्योति पक्राउ

  • व्यवसायी रुप ज्योति पक्राउ
  • व्यवसायी रुप ज्योति पक्राउ
  • व्यवसायी रुप ज्योति पक्राउ
  • व्यवसायी रुप ज्योति पक्राउ

फसाउने नियतले मुद्दा हालेको ज्योतिको दावी- पाँच दिन थुनामा राख्न आदेश

10 November, 2019 22:57 |अर्थ | comments | 11100 Views

    व्यवसायी रुप ज्योति पक्राउ

    पूर्व अर्थराज्यमन्त्री तथा उद्योगी रुप ज्योतिलाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन थुनामा राख्न आदेश दिएको छ । ठगीको उजुरी परेको भन्दै प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो ।

    adsads
    अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो ।

    पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीलाई आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो ।

    अदालतमा बयानन दिने क्रममा ज्योतीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गर्दै आफू र आफ्नो परिवारलाई बदनाम गराउन राज्य नै लागेको दावी गर्नुभएको थियो । विगेन्द्रकृष्ण मल्ल नामका व्यक्तिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

    बयानका क्रममा ज्योतीले आफ्नो तर्फबाट आफैंले बहस गर्दै जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालसामू मल्लले २०७५ साल मंसिर १६ गते म र मेरो परिवारविरुद्ध १ करोड २६ लाख ठगेको जाहेरी दर्ता गरेका तर जाहेरी दर्ता हुनुभन्दा पहिला नै रकम तिरिसकिएको बताउनुभएको थियो ।

    ज्योतीले जाहेरी दर्ता हुनु अगावै शम्भु फुँयालमार्फत १ करोड २६ लाख रुपैयाँ जम्मा गरेको छु । उजुर गर्नुभन्दा अगावै अदालतमा पैसा जम्मा भइसक्दा पनि पैसा नलिई मुद्दा हाल्नु र त्यसकै आधारमा हिरासतमा राख्नुले फसाउने नियत देखिएको तर्क गर्नुभएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    व्यवसायी रुप ज्योति पक्राउ

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More