फाक्साइका कारण कृषि उद्योगमा २८ करोड डलरको क्षति- अर्को तुफान जापानतिर आउँदै

22 September, 2019 14:40 |जापान | comments | 6000 Views

    अघिल्लो साता जापानमा आएको चक्रवाती तुफान फाक्साइका कारण कृषि उद्योगमा २८ करोड डलरको क्षति भएको अनुमान गरिएको छ । क्षति अश्र बढ्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

    adsads

    तुफानका कारण पूर्वी जापानमा बढी क्षति भएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीका अनुसार चिबा, इबाराकी र अन्य ६ प्रान्तमा अत्यधिक क्षति पुगेको छ । तुफानका कारण धान, नासपाती, गाजर जस्ता कृषि उत्पादनमा झण्डै ९ करोड डलरको क्षति पुगेको छ भने हरितगृह उद्योगहरुमा १७ करोड ७० लाख डलरको क्षति भएको प्रारम्भिक तथ्यांक छ ।

    त्यसै गरी विद्युत आपूर्ति बन्द भएका कारण दुग्ध उत्पादनमा समेत कटौती भएको छ । दूध प्रशोधन गर्न नपाएपछि किसानहरुले दूध मिल्काउनु परेको बताइएको छ । अधिकारीहरुका अनुसार तुफानले भएको क्षतिको तथ्यांक लिन अझै कैर्यां क्षेत्रमा बाँकी छ । ती सबै आँकडा संकलन गरेपछि क्षतिको यथार्थ विवरण आउनेछ ।

    राजधानी टोकियो नजिकैको चिबा प्रान्तमा तुफानका कारण भत्किएका घरहरुको मर्मतका लागि स्वयंसेवकहरु खटिइरहेका छन् । यसैबीच अर्को तुफान पनि जापानतिर अघि बढिरहेको बताइएको छ ।

    समुद्री तुफानका कारण दुईजनाको मृत्यु ५८ जना घाइते टोकियो आसपास भीषण गर्मी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!