फिल्मको लगानी महंगियो, कलाकार कति दोषी ?

13 June, 2019 15:56 | कला/मनोरन्जन | comments | 15150 Views

पछिल्लो समय नाम चलेका कलाकारले माग्ने पारिश्रमिकको उचाई माथि पुगेको महशुस सबैलाई नै भएको छ । अहिले २० देखि ५० लाखसम्मको पारिश्रमिक कलाकारले माग्ने गरेको कुरा स्पष्ट पनि छ ।

adsads

तर, के सामान्य चलेका कलाकारले पनि यस्तै पारिश्रमिक डिमाण्ड गर्छन् त ? अहिले सिनेमा निर्माण गर्नेहरुको गुनासो छ कि, कलाकार महंगो हूँदा सिनेमा निर्माण गर्न नै सकिएन ?

केही वर्ष अघिसम्म ७० लाखमा नेपाली सिनेमा नै बन्ने गर्थे । तर, अहिले यो लगानी कलाकारका लागि मात्र गर्नुपर्ने अवस्था छ । अब, अरु काम सकेर सिनेमा हलसम्म ल्याउँदा के होला ? २ करोड त सामान्य रुपमा नै छुन्छ ।
सिनेमा क्षेत्र चलेमा, निर्माताले लगानी गर्न सकेको खण्डमा मात्र सिनेमा क्षेत्र रहने हो । तर, यो क्षेत्रमा कोही पनि बच्नेवाला छैन । यसैले यो क्षेत्र जोगाउने जिम्मा सबैको हो या होइन ?

यदि हो भने कलाकार किन अनावश्यक रुपमा महंगो भएका ? केही वर्ष पैसा कमाउँ, त्यसपछि जे होला होला भन्ने सोचले कलाकारिता गरेर पनि हुन्छ ? सिनेमा बनाउनेहरुको गुनासो छ, अहिले त सामान्य कलाकारको रेट पनि छुन नसक्ने अवस्थामा पुगेको छ । ८–१० लाख त जस्ता कलाकारले पनि मागिदिन्छन् । अनी सिनेमा बनाउने कसरी ?

हुन पनि हो, अहिले कलाकारको पारिश्रमिक सुनेर सिनेमा बनाउने आँट जोकोहीले गरिहाल्दैन । किनकी, महंगो रकम माग्ने कलाकारको नामबाट दर्शक हलमा आएका छैनन् । तर, पारिश्रमिक उनीहरुको नै चर्को ।

अहिले नेपाली सिनेमाको अवस्था धराशायी छ । यूट्युबमा चलेको आधारमा सिनेमा हलमा चल्दैन । हलमा चल्नका लागि धेरै कुराले फरक पार्नुपर्छ । तर, कलाकारको अर्थहिन डिमाण्डले सिनेमा क्षेत्रलाई नै मर्कामा पारेको छ । अब पनि कलाकारले पारिश्रमिकको बारेमा नसोच्ने हो भने निर्माताले लगानी नै गर्न सक्दैनन् ।

कि त सिनेमामा चर्को पारिश्रमिक लिएपछि त्यसलाई रिटर्न गर्ने सामथ्र्य राख्नुपर्छ । होइन भने चर्को पारिश्रमिक मागेर निर्माताको ढाड सेक्न पाइदैन । कलाकारले यो विषयमा बुझ्न जरुरी छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!