फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार

  • फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार
  • फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार
  • फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार
  • फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार
  • फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार
  • फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार

फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार

5 May, 2019 14:12 | कला/मनोरन्जन , कलिउड | comments | 40800 Views

फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार

शुक्रबारदेखि रिलिज भएको फिल्म ‘दालभात तरकारी’ले हिजो (शनिबार) देशैभर आक्रामक व्यापार गरेको छ । यसले काठमाण्डौको गोपिकृष्ण मुभिज, अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको छ ।

adsads

शनिबार बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिती बाक्लो छ भने दिवा ‘शो’बाट अधिकांस हाउसफुल रहेका छन् । बिहानैबाट हरेक ‘शो’मा ९५ देखि १०० प्रतिशत दर्शकको उपस्थिती छ ।

फिल्मका निर्माता किरण केसीले यो व्यापारलाई आक्रामक भन्दै दर्शकलाई धन्यवाद दिए । ‘दर्शक नै हाम्रो भगवान हुन्, जसले हामीलाई आशिर्वाद दिन हलमा आउनु भएको छ’ किरणले उत्साहित हुँदै भने ‘फिल्मले पाएको प्रतिक्रिया र दर्शकको उपस्थितिले हौसला थपेको छ ।’ फिल्मले शनिवार सिङ्गल र मल्टिप्लेक्स दुवै क्याटेगोरीको हलमा हाउसफुलका साथ् ब्यापार गरिरहेको छ ।

फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार

समिक्षागत रुपमा मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म हेरेर निस्किएका दर्शकले यसलाई राम्रो भनेका छन् । अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो फिल्मले हाँस्य शैलीमा प्रस्तुत गरेको छ । मुख्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सुदन केसी शनिबार बिहानैदेखि काठमाण्डौका विभिन्न हलमा पुगेर दर्शकलसँग साक्षात्कार गरिरहेका छन् ।

काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, एफक्यूब लगायतका हलमा पुगेर उनीहरुले दर्शकसँग साक्षात्कार गरे । किरण केसीको प्रस्तुति रहेको फिल्मलाई उनकै पुत्र सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, बर्षा राउत, आँचल शर्मा, पुष्प खड्का, शिवहरी पौडेल, बसुन्धरा भुसाल, रविन तामाङ, किरण केसी, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद पनि उनकै रहेको छ ।

फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार

यसमा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्य लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेल लगायत निर्मातामा छन् । फिल्ममा प्रविन सिंह र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार

‘दाल भात तरकारी’ रिलिज, के साच्चि नै गर्ला त बम्पर व्यापार ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सेतक चिनी

फेसबुक

सेतक चिनी

ट्वीटर

सामाजिक सञ्जाल

More