सरौतो सरौतो

  • सरौतो
  • सरौतो
  • सरौतो
  • सरौतो
  • सरौतो
  • सरौतो

फिल्म ’सरौतो’ असोज ३ गते रिलिज हुने

17 May, 2019 14:56 | कला/मनोरन्जन , कलिउड | comments | 15150 Views

सरौतोरिभेन्जको कथामा निर्माण भएको एक्सन जनरको फिल्म ’सरौतो’ आउँदो असोज ३ गते रिलिज हुने भएको छ । फिल्मलाई प्रसिद्ध सिनेम्याटोग्राफर हरि हुमागाईंले निर्देशन गर्नेछन् ।

adsads

सिनेम्याटोग्राफरको रुपमा चिनिएका हरीले केहि एड र भिडियो निर्देशन गरिसकेका छन् । उनले भिडियोपछि फिचर फिल्म निर्देशनमा हात हालेका हुन् । ’प्राविधिकको समय र वितरकसँगको छलफलपछी हामीले रिलिज मिति तय गरेका हौ’ निर्देशक हुमागाईंले भने ’फिल्मलाई राम्रो बनाउने कोसिस गरेका छौ, लेखिएको कुरा पर्दामा उतार्न सफल भएको महसुस भएको छ ।’

विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् । फिल्ममा सुमी मोक्तान, सन्नी सिंह , विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहेको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, शंकर महर्जनको एक्सन रहेको छ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रेहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहेको छ । यसमा निमेष श्रेष्ठको सम्पादन , निलिशा शाक्यको नृत्य निर्देशन, प्रविन मानन्धरको कलर, भिएफएक्स रहेको छ भने यसको चिफएडी अनिल खड्का हुन् । काठमाडौँ, सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिएको फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

हरि हुमागाईं – आफूले संगालेको अनुभवलाई टिमको साथले निर्देशनमा परिणत गरेको छु । एउटा राम्रो कमर्सियल फिल्म बनाउने प्रयास छ । फिल्म बदलाको कथामा छ भने यसमा दर्शकले सुमीलाई एक्सन अवतारमा देख्न पाउनु हुनेछ । फिल्मलाई आउँदो असोज ३ गते रिलिज गर्दैछौ । प्राविधिकले काम पुरा गर्ने डेट र वितरकसँगको छलफलपछी रिलिज डेट तय गरेका हौ ।

सुमी मोक्तान – मलाई प्राय दर्शकले ग्लामर अवतारमै देख्दै आउनु भएको छ । यसमा मलाइ एक्सन अवतारमा पाउनु हुनेछ । हामी टिम बनेर एउटा प्रयास गरेका छौ, आश छ दर्शकलाई मन पर्नेछ । फिल्मले हाम्रै समाजको घटनाक्रमलाई प्रस्तुत गर्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सरौतो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नोट

फेसबुक

नोट

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!