फिल्म ‘सरौतो’ को टिजर सार्वजनिक (टिजर सहित)

20 July, 2019 20:13 |कला/मनोरन्जन , कलिउड | comments | 14550 Views

    सरौतो

    कार्तिक २२ मा रिलिज हुने फिल्म ‘सरौतो’ को पहिलो गीत ‘कुले दाई’ सार्वजनिकपछि बढ्दो कौतुहलतालाई मध्यनजर गर्दै निर्माण टिमले ’टिजर’ सार्वजनिक गरेको छ । सार्वजनिक टिजर सुमी मोक्तानलाई एक्सन अवतारमा देखाइएको छ ।

    adsads
    टिजरमा सुमीसंगै सन्नी सिंह र लियो ट्यांक मुख्य रुपमा फिचर्ड छन् ।

    केहि दिन अगाडी गीत सार्वजनिक समारोहमा पनि टिजरलाई रुचाइएको थियो भने सुमीले एक्सनमा गरेको मेहनतको तारिफ गरेका थिए । यसमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामांग लगायतको अभिनय रहेको छ ।

    टिजरमा विजय, युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ । सिनेम्याटोग्राफीमा बलियो नाम हरि हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रविन मानन्धर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ ।

    यसमा राजन राजbशिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोतांगले स्वर दिएका छन् । काठमाडौँ, सिम्रौनगठ लगायतका तराइको स्थानमा यसको छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाई उपत्यकामा गोपालकाजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

    हरि हुमागाईं – हामीले फिल्मको टिजर मामार्फत यसको केहि कथासारलाई देखाएका छौ । रिभेन्जको स्टोरीमा फिट हुन् सुमीले एक्सनमा निकै मेहनत गरेकी छिन् । मैले सिनेम्याटोग्राफी मार्फत संगालेको अनुभवलाई संगाल्दै एउटा राम्रो फिल्म बनाउने कोशिस गरेको छु । टिजरमा हामीले एक्सन र रिभेन्जलाई प्रस्तुत गर्न खोजेका छौँ ।

    सुमी मोक्तान- एक्सनमा फिट हुन् गर्नु पर्ने हरेक मेहनत गरेकी छु । टिजर मार्फत फिल्मले आफ्नो नामलाई प्रस्ट्याउने विश्वास छ । साथै अग्रज कलाकारहरु विजय लामा , युवराज लामा र धिरेन शाक्यसंग स्क्रिन शेयर गर्न पाउँदा निकै खुशी लागेको छ । यसमा मैले एउटा एक्सन र लभर गर्लको भूमिका निर्वाह गरेकी छु ।

    टिजर-

    फिल्म ‘सरौतो’ को पहिलो गीत ’कुले दाई’ सार्वजनिक (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More