फुटबलमा नेपाललाई स्वर्ण : भुटान २-१ ले पराजित

10 December, 2019 20:25 | खेल | comments | 8250 Views

तेह्रौं दक्षिण एसियाली खेलकूद अन्तर्गत पुरुष फुटबलको उपाधी नेपालले जितेको छ । मंगलबार साँझ दशरथ रंगशालामा भएको फाइनल खेलमा भुटानलाई २-१ ले पारजित गर्दै नेपालले स्वर्णपदक जितेको हो ।

adsads

निकै प्रतिस्पर्धात्मक खेलमा अग्रता नेपालले १६ औं मिनेटमा लिएको थियो । खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले गोल गरेर अग्रता लिएको नेपालले पहिलो हाफको ३७ औं मिनेटमा भुटानका लागि कप्तान चेन्चो ग्याल्चेनले गोल गर्दै बराबरी गरेका थिए ।

दोस्रोा हाफलको ५३ औं मिनेटमा सुनिल बलले गोल गर्दै जित निश्चित गरेका थिए । यो विजयसंगै सागमा नेपाल चारपटक फुटबल च्याम्पियन बन्न सफल भएको छ ।

स्मरणीय रहोस् नेपाल १२ औं सागको विजेता हो भने भुटान पहिलोपटक फाइनलमा पुगेको हो । नेपाल लिग चरणको विजेता बन्दै फाइनलमा पुगेको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More