फुटबल र क्रिकेटमा सट्टावाजी गर्ने व्यक्तिहरु पक्राउ

7 June, 2019 00:35 | खेल | comments | 10200 Views

प्रहरीले काठमाडौंको बिजेश्वरी र न्यूरोडबाट जारी विश्‍वकप क्रिकेट तथा च्याम्पियनसिप फुटबलका खेलमा बिभिन्न सट्टावाजी गरी अबैध रुपमा रकम असुली गर्ने कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे घर भएका ३६ वर्षीय बज्र प्रकाश लामा, काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे घर भएका ३० वर्षीय बिद्युत प्रकाश लामा र काठमाडौं महानगरपालिका १५ रानीवन बस्ने रामेछाप लिखु गाउँपालिका २ सैपु घर भएका ३३ वर्षीय उमेश कार्की रहेका छन् ।

adsads

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई सट्टावाजीमा प्रयोग भएको १ लाख रुपैयाँ नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!