फेरि भिड्दै मोहन महर्जन

15 April, 2013 13:18 | जापान | comments | 31500 Views

टोकियो- मोहन महर्जन ड्रागन आउदो अप्रिल २० तारिखमा फेरि अर्को महत्वपुर्ण म्याचमा भिड्ने भएका छन् । मोहनले यसअघि मार्शल आर्ट जापान किक बक्सिङ फेडरेशन च्याम्पियनसिप उपाधी हासिल गरिसकेका छन् ।

 
उक्त सेमि फाईनल मेन ईभेन्ट गेम टोकियो डोमे कोराकोयन हलमा अप्रिल २०मा ५;३० हुन लागेको मोहन ड्रागनले हामीलाई जानकारी दिनुभयो । सुट बक्सिङ जापान च्याम्पियन सुजुकी आकिहिरोसग भिड्न लागेका मोहनको सुट बक्सिङ यो पहिलो गेम गरेको बताउनु भयो ।उहाका अनुसार सुजुकी आकिहिरोले यस अघि नै ७ बटा च्याम्पियनलाई जितिसकेका छन् । अहिले सम्म झण्डै २० गेम खेलिसकेका ड्रागनले यति ठुलो च्याम्पियनसग खेल्न लागेको पहिलो पटक भएको आफ्नो अनुभव सुनाउनुभयो।

 
उक्त गेमलाई जापानको बिएस फुजी टेलिभिजनबाट पनि प्रसारण गर्ने जनाईएको छ । पहिला हुने गेम र अहिले हुन गईरहेको गेमको नियममा अलि फरक रहेकोले पनि रोचक हुने मोहनको भनाई छ ।

  

 

 

सम्पुर्ण जापानबासी नेपालीहरु उक्त म्याचमा उपस्थि भई हौसला बढाउन अनुरोध गर्दै महर्जन भन्छन् -मलाई उक्त म्याच जित्नका लागि तपाईहरुको सहयोग र समर्थन चाहिन्छ मैले नेपालीको शिर उच्च बनाउनका लागि पनि यो म्याच खेल्दैछु ।

 

टिकटका लागि सम्पर्क
Mohan 090-6513-4894
mohan.maharjan0308@gmail.com

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More