फेसबुकमा संसारलाई गुडबाई लेखेर बेलायतमा आत्महत्या गरे गायक बद्री केसी

10 January, 2021 13:02 | प्रबास | comments | 85950 Views

करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिनुभएको छ । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको हो ।

समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले दिएको जानकारी अनुसार पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्कनुभएका केसी पुनः बेलायत फर्किनुभएको थियो ।

  

लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आउनुभएका केसी लण्डनको चिरपरिचित गायक हुनुहुन्थ्यो । उहाँ पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्नुहुन्थ्यो भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आउनुभएको थियो । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More