फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान
सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो ।
फेसबुकले संचार माध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु संचार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो ।

अस्ट्रेलिया सरकारले संचार माध्यम र फेसबुक दुबैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी भएपछि विवाद समाधान भएको हो ।
अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेन्बर्ग र फेसबुकबीच केही महत्वपूर्ण विषयमा सहमति भएको बताइएको छ । फेसबुक अस्ट्रेलियाका व्यवस्थापन निर्देशक विल एस्टोनले जनचासोको पत्रकारिताका क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक रहेको बताउँदै आगामी दिनमा अस्ट्रेलियाली नागरिकका लागि फेसबुकमा समाचारको पहुँच बढाइने जानकारी दिनुभयो ।
फेसबुकले अस्ट्रेलियाली संचार माध्यमबाट प्रवाहित समाचारमा रोक लगाएसँगै अस्ट्रेलियाली जनमानसमा नकारात्मक असर परेको थियो ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको कदमप्रति रोश प्रकट गर्दै कडा आलोचना गर्नु भएको थियो । अस्ट्रेलियाको संसदले यसै साता पारित गर्न लागेको कानुनमा फेसबुक र गूगलले स्थानीय संचार माध्यमलाई भुक्तानी गरेमा थप दण्डित नगरिने उल्लेख छ ।
साथै गूगल र फेसबुकलाई मध्यस्थताका लागि दुई महिनाको समय थप गरिएको छ । दुबै प्रविधि कम्पनीले अस्ट्रेलिया सरकारले अघि बढाएको कानुन उपयुक्त नभएको भन्दै आपत्ति जनाएका थिए ।
एक अध्ययन अनुसार, हाल अस्ट्रेलियाली विज्ञापनदाताहरुले विज्ञापन बापत १०० डलर खर्च गरे गूगलले ४९ डलर र फेसबुकले २४ डलर प्राप्त गर्दछन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
- लामो समयदेखि बन्द रहेको केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
- कांग्रेस ओली–प्रचण्ड दुबैको पक्षमा छैन : कांग्रेस महामन्त्री कोइराला
- दैनिक तीन सय ८५ रुपैयाँ ज्यालाले कसरी जीवन धान्छन् चिया मजदूर
- नेपाललाई गरीब देशको समूहबाट विकासशील राष्ट्रमा रुपान्तरण गर्न राष्ट्रसंघको सिफारिश
- ओली समूहमा सयभन्दा बढी सांसद रहेको दावी
- जब एनआरएनए पूर्वअध्यक्ष जीवालाई जलरङमा सजिने पहिलो मौका जुर्यो…
- जापानबासी बागलुङेहरुबाट सुवेदीको उपचारका लागि १८ लाख सहयोग
- पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई ५१ हजार राशीको दीर्घ सेवा पुरस्कार
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


